Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज महानगरकाे वडा नं. २५ श्रीसियामा राहत वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसियामा आज दाेस्राे चरणकाे राहत वितरण गरिएकाे छ । लकडाउनमा समस्या परेका गरिब,बिपन्न, दैनिक ज्यालादारी गरी खाने परिवारलाई आज राहत वितरण गरिएको वीरगंज महानगर प्रमुखका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले वताउनु भयाे।

वीरगंज महानगरपालिकाले उपलब्ध गराएको राहत समाग्री वडाध्यक्ष बिसराज राउत कुर्मीको नेतृत्वमा वितरण गरिएको द्विवेदीले जानकारी गराउनु भयाे।

द्विवेदीका अनुसार वडा नं. २५  मा पर्ने श्रीसिया हाल चार वटा टोल मिलेर बनेको छ । चार वटा टोल मध्ये दुई वटा टोलमा पहिला नै राहत वितरण भैसकेको छ भने आज बाकी दुई वटा टोल खाल्वा टोला र द्राईपोर्ट श्रीसियामा राहत वितरण गरिएको हाे । 

वडा नं. २५ श्रीसिया अन्तर्गत खाल्वा टोला र द्राईपोर्ट श्रीसिया गरि कुल ५ सय ५३ जनालाई राहत वितरण गरिएको छ भने श्रीसिया को चारै वटा टोल मिलाएर कुल ९ सय  परिवारलाई राहत वितरण गरिएको  वडाध्यक्ष बिसराज कुर्मीका छोरा सन्जय पटेलले बताउनु भयाे।

पटेलका अनुसार राहत वडा अन्तर्गतका गरिब र श्रमजिवि परिवारलाई मात्र नदिई द्राईपोर्टमा काम गर्ने र बाहिरबाट आएर डेरा गरि विभिन्न कलकरखाना र दोकान गरि बसेकाहरुलाई पनि वितरण गरिएको छ।

यसरी वितरण भएको राहतमा सबैलाई १५ किलो चामल, डेढ किलो दाल, एक लिटर तेल र एक प्याकेट नुन सहितको प्याकेट बनाएर वितरण गरिएको छ ।

काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनले निम्त्याएको संकटबाट उत्पन्न परिस्थितिमा कसैको पनि चुलो निभ्न नपाओस उद्देश्यले महानगरले वडाहरुलाई आफ्नो आन्तरिक बजेटबाट हरेक राहत सामग्री उपलब्ध गराएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...