Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरिया नगरपालिकामा चाैथाे दिन पनि राहत वितरण

spot_img
spot_img

वीरगंज । पोखरिया नगरपालीकाकाे वडा नम्बर ५ सतवरियामा आज चाैथाे दिन राहत बितरण गरिएको छ । वडा अन्तर्गतका २ सय ५ घरदुरीलाई राहत वितरण गरिएकाे नगर प्रमुख दिपनारायण राैनियारले वताउनु भयाे।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्यामा परेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिएकाे प्रमुख राैनियारले जानकारी गराउनु भयाे ।

राहतमा अरु वडा जस्तै सतवरियामा पनि चामल २५ किलो, तेल १ किलो, दाल २ किलो, नुन २ किलो, आलु ५ किलो, सोयाबिन ५०० ग्राम , नुहाउने र लुगा धुने साबुन २–२ पिस बितरण गरिएको निमित प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनु भयाे।

नगर प्रमुख रौनियार, उप प्रमुख सलमा खातुन, पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण प्रसाद रौनियार, पूर्व सांसद रामेश्व राैनियार, वडाध्यक्ष उमाकान्त साह, विभिन्न राजनितिक दलका प्रतिनिधिकाे उपस्थितीमा राहत वितरण गरिएकाे हाे ।

यस्तै वडा नं. २ मा वाकी रहेकाे दुई ७५ घरदुरीलाई पनि आज राहत वितरण गरिएकाे नगर प्रमुख राैनियारले वताउनु भयाे । सबै वडामा सर्बदलिय समितिले तयार गरेकाे गरिब परिवारकाे तथ्यांक अनुसार नै राहत वितरण भइरहेकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न महानगरको माग

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको...

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...