Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

जय गणेश बचतद्वारा महानगरकाे बिपद् काेषमा सहयोग

spot_img
spot_img

वीरगंज । जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्साले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि रु १५ हजार सहयोग गरेको छ ।

संस्थाका प्रबन्धक रामबाबु चौधरीले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई चेक हस्तान्तरण गर्नुभएको हो । विश्व भरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले उक्त रकम सहयोग गरीएको, कोओपरेटिघ म्यानेजमेन्ट क्लब पर्साका अध्यक्ष जीस्नु बरालले बताउनुभयो ।

सो अवसरमा जिल्ला कृषि सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष शिव कुमार साह लगायतको उपस्थिती रहेको थियो ।

चेक बुझ्दै मेयर सरावगीले सहयोगको लागि जय गणेश बचत तथा ऋण संहकारी संस्था परिवारलाई धन्यवाद दिनुभएको थियो । साथै आगामी दिनमा पनि यसरी सहयोग प्राप्त भई रहोस भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

जय गणेश बचत तथा ऋण सहकारी संथाका संस्थापक अध्यक्ष शम्भु प्रसाद गुप्ताले प्रदेश भरीका सहकारीहरूले आ आफ्नो सम्बन्धित स्थानीय सरकार मार्फत सहयोग गरेर कोरोना रोकथाममा टेवा पु¥याउन अपिल गर्नुभएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका सन्चालक सदस्य समेत रहनुभएका गुप्ताले सहकारीहरुले पनि आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गर्ने अभियानमा जुटेकोमा खुशि व्यक्त गर्नुभएको जिल्ला सहकारी संघ लिमिटेड पर्साका प्रबन्धक रामअनुप यादबले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न महानगरको माग

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको...

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...