Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

राजेशमान सिंहकाे सक्रियतामा क्वारेन्टाइनामा खाना वितरणकाे साथै सेनिटाइजिंग बूथ निर्माण

spot_img
spot_img

वीरगंज । साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले बीरगंजको क्वारेन्टाइनमा रहेकाहरुलाई निशुल्क रुपमा खाना  खुवाउदै आएकाे छ ।

वीरगंजकाे कलवार धर्मशाला र सिद्धार्थ स्कुलकाे क्वारेन्टाइनमा रहेकाहरुकाे लागि प्रत्येक दिन नि:शुल्क रुपमा खाना वितरण गर्दै आइएकाे साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमा सिंहले वताउनु भयाे ।

वीरगंजकाे क्लवार धर्मशलाकाे क्वारेन्टाइनमा हिजाे(शुक्रबार) सम्म खाना वितरण गरिएकाे र आज २३ औं दिन पनि सिदार्थ माविकाे क्वारेन्टाइनमा रहेकाे ४३ जनालाई खाना वितरण गरिएकाे अध्यक्ष सिंहले वताउनु भयाे । कलवार धर्मशालाकाे क्वारेन्टाइन आज देखि खाली भइसकेका कारण संस्थाले त्यहाँ खाना नपठाइएकाे हाे ।

राजपाका महासचिव एवम् पर्सा अध्यक्ष समेत रहेका सिंहका अनुसार संस्थाले क्वारेन्टाइनमा रहेकाहरुकाे लागि प्रत्येक दिन विहानकाे खाना वितरण गर्दै आएकाे छ ।

खाना वितरणमा संस्थाका सदस्यहरू जयप्रकाश महतो, राजेश सिंह, निराजन अधिकारी, अफरोज आलम, जियाउलहक लगायतको सहभागीता रहेकाे छ ।

यसका साथै वीरगंज स्थित विभिन्न रिक्सा खारेजहरुमा समेत संस्थाले खाना वितरण गर्दै आएकाे छ । आज (शनिबार) पनि वीरगंजकाे घण्टाघर र नगवा स्थित रिक्सा खारेजहरुमा १ सय १० प्याकेट खाना वितरण गरिएकाे संस्थाले जनाएकाे छ ।

यस्तै संस्थाले काेराेना भाईरस (काेभिड १९) संक्रमणबाट बाच्न वीरगंजकाे ३ ठाउँमा सेनिटाइजिंग बूथ लगाएकाे छ । वीरगंज स्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय चिनिमिलमा सेनिटाइजिंग बूथ संस्थाले जडान गरेकाे हाे ।

यसका साथै वीरगंजको विभिन्न वडामा संस्थाले आफ्नै सकृयतामा सेनिटाइज गर्ने काम पनि गरिरहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न महानगरको माग

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको...

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...