Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पकहा मैनपुरमा दुई पक्ष बिच झडप, ९ जना घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. २ मधुबनीमा आज दुई पक्ष बिच झडप हुदा ९ जना घाइते भएका छन् ।

पानी निकासकाे बिषयमा स्थानिय दिलिप साह र रामाकान्त साह पक्ष बिच भएकाे झडपमा दुबै पक्ष गरी ९ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइते हुनेमा दिलिप पक्षकाे उनी सहित उनका भाउजाे लालमुनी देवी, भाई घनश्यम साह, संजय साह र अशाेक साह गरी ५ जना रहेकाे प्रहरी चाैकी धाेरेका असई लक्ष्मी नारायण सिंहले वताए ।

यस्तै घाइते हुनेमा रामाकान्त पक्षका उनी सहित उनकी श्रीमती मदन देवी, छाेरा माेहन साह र छाेरी अनिता देवी रहेकाे असई सिंहले वताए । दिलिप पक्षका घाइतेहरुकाे उपचारकाे लागि वीरगंज स्थित गण्डक हस्पिटलमा र रामाकान्त पक्षका घाइतेहरुकाे उपचारकाे लागि एल एस न्यूराे हस्पिटलमा पठाएकाे असई सिंहले जानकारी दिए ।

घाइते मध्ये रामाकन्तकाे अवस्था चिन्ताजनक रहेकाे अस्पतालले जनाएकाे छ । अरु घाइतेकाे अवस्था कसैकाे टाउकाे फुटेकाे छ भने कसैकाे समान्य चाेटपटक लागेकाे वताइएकाे छ ।

विवादित माटो पुरिएकाे स्थान र झडप स्थल । तस्बिर : कालिका टाईम्स

स्थानियहरुका अनुसार दिलिप दाईभाईले ३/४ दिन देखी रामाकान्तकाे घर अगाडी सार्बजनिक जग्गामा माेटाे राखेका रहेछन् । त्यही माटाेले गर्दा रामाकान्तकाे घरकाे पानी बग्न समस्या भए पछि उनी दिलिप दाजुभाईहरुसंग पानीकाे निकासकाे लागि माटाे हटाई दिन भन्न जादा दुबै पक्ष बिच विवाद भई झडप भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...