Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पकहा मैनपुरमा दुई पक्ष बिच झडप, ९ जना घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. २ मधुबनीमा आज दुई पक्ष बिच झडप हुदा ९ जना घाइते भएका छन् ।

पानी निकासकाे बिषयमा स्थानिय दिलिप साह र रामाकान्त साह पक्ष बिच भएकाे झडपमा दुबै पक्ष गरी ९ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइते हुनेमा दिलिप पक्षकाे उनी सहित उनका भाउजाे लालमुनी देवी, भाई घनश्यम साह, संजय साह र अशाेक साह गरी ५ जना रहेकाे प्रहरी चाैकी धाेरेका असई लक्ष्मी नारायण सिंहले वताए ।

यस्तै घाइते हुनेमा रामाकान्त पक्षका उनी सहित उनकी श्रीमती मदन देवी, छाेरा माेहन साह र छाेरी अनिता देवी रहेकाे असई सिंहले वताए । दिलिप पक्षका घाइतेहरुकाे उपचारकाे लागि वीरगंज स्थित गण्डक हस्पिटलमा र रामाकान्त पक्षका घाइतेहरुकाे उपचारकाे लागि एल एस न्यूराे हस्पिटलमा पठाएकाे असई सिंहले जानकारी दिए ।

घाइते मध्ये रामाकन्तकाे अवस्था चिन्ताजनक रहेकाे अस्पतालले जनाएकाे छ । अरु घाइतेकाे अवस्था कसैकाे टाउकाे फुटेकाे छ भने कसैकाे समान्य चाेटपटक लागेकाे वताइएकाे छ ।

विवादित माटो पुरिएकाे स्थान र झडप स्थल । तस्बिर : कालिका टाईम्स

स्थानियहरुका अनुसार दिलिप दाईभाईले ३/४ दिन देखी रामाकान्तकाे घर अगाडी सार्बजनिक जग्गामा माेटाे राखेका रहेछन् । त्यही माटाेले गर्दा रामाकान्तकाे घरकाे पानी बग्न समस्या भए पछि उनी दिलिप दाजुभाईहरुसंग पानीकाे निकासकाे लागि माटाे हटाई दिन भन्न जादा दुबै पक्ष बिच विवाद भई झडप भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...