Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

अमेरिकी खत : माैनता पाेखरेल

spot_img
spot_img

 प्रिय मुटु,

             समय सापेक्षता अनुकुल मिलाएर भन्दै छु, तिमी सकुशल हाेलाऊँ भन्ने पुरा बिश्वास छ। नेपालमा भएका मेरा सम्पुर्ण नेपाली परिबारमा पनि मंगल रहोस् भन्ने सन्देश पुर्याइदिनु। बिश्वभर फैलिएको महामारीबाट बच्नु अनि तिमी एउटा सक्षम डाक्टर भएको भुमिका निभाउनु। सम्झनाका ती पुराना स्मृतिहरु मेरो सानो मानसपटलमा ठूलो घर गरेर बसेको छ। तिमीसँग बिताएका मिठा पलहरु ताजा भएर आइदिदाँ तिमी मेरै नजिक भएको आभास हुन्छ।

               आजकालको फेसबुक प्रेम देखि भिन्नै हाम्रो शुद्ध प्रेम, अलग छ। मानव जातीमा भएको असन्तुष्टि देखेर ज्यादै दिक्क लाग्छ तर मैले मेरो २२ बर्षको जीवन जिउनमा पनि सन्तुष्ट मानेको छु, किनकी अब म एउटा शहिद भएर मर्दैछु। कसैलाई जीवनदान दिएर म अलप हुँदैछु। यदि दैबसंयोग मलाई केही आइपर्यो भने पनि तिमी चित्त ब्याकुल नबनाइकन मेरो सम्झनामा आँसु नबगाउनु। मैले मेरो २२ वर्षीय जीवनकालमा कति गल्ती पनि गरे होला, त्यसको प्रायश्चित मनैबाट स्विकार्छु। तर बेजोड शक्ति लगाएर सोच्दा पनि त्यस्तो नराम्रो त कसैलाई पुर्याएको झै लाग्दैन। कतिसँग कुरा र बिचार मिल्दैन्थ्यो होला, त्यो भिन्नै कुरा हो।

               मैले प्रेम भनेको एउटा आमाले आफ्नो बच्चालाई गर्नेझै शुद्ध ठानेकी छु। अनि त्यही प्रगाढ प्रेम हामीबिच मृत्यु पश्चात् पनि रहोस्। मैले जीएको २२ बर्ष मेरा लागि ज्यादै अमुल्य छ र आमाबुबाको चरणकमलमा मैले मेरै पेशा चढाएको छु। सायद उहाँहरु म एउटा शहिद नर्स भएकोमा चित्त दुखाउनु हुन्न होला। अमेरिकमा कोरोना आगोझै बढिरहेको छ र त्यहीँ आगो निभाउन म र मेरा चिकित्सक साथीहरु दमकल बनिरहेका छौ।

                आफै सक्षम युवती भएर, कार हाकेर हिड्ने ठुलो रहर थियो; त्योपनि बिस्तारै पूरा हुँदैथ्यो। अरुको अथाह सपना र योजना तर म सामान्य सपनामा रम्ने योजनाबिहिन मान्छे थिए। तर नर्स पेशामा लागेपछी मेरो जीवनको २ बर्षले नयाँ मोड लियो। मेरा पनि योजना बन्न थाले। हस्पिटलको शैय्यामा बसेका बिरामी देखेर मेरा पनि सपना बुनिए तर आज मेरो अबस्था नाजुक छ। जीवन र मृत्युको दोधारमा उभिएको छु म। त्यहीँ बिच मेरो मुटुले मेरो सपना पूरा गर्ने मेरो मायाको चिनो तिमी याद गरायो। सम्पुर्ण रोदन छोडेर म हर्ष बाध्न लागे।

              मेरा सपना त्यति ठुला छैनन् तर जति छन् निकै गहकिला छन्। मलाई बिश्व भ्रमण गर्ने ठुलो इच्छा थियो; त्यो तिमीले पूरा गर्नु। सबै पूरा गर्नुपर्छ भनेको होइन, सकेसम्म पूरा गर्नु। तिम्रै पेशाले, डाक्टरी पेशाले, जुन सबैभन्दा महान् काम हो। सबै मानवलाई आफ्नो सीपले निरोगी बनाउनु। तिमी बिल्कुलै सुर्ता नगर्नु, म एकदमै खुशी छु।अनि मेरो एउटा अर्को सपना पनि थियो। तिमी ठूलो र सिपालु डाक्टर भएर बिश्व चर्चित हुनु र अन्धकारको मर्ममा रुमल्लिरहेका ती पीडित शिशु र भबिष्यका कर्णधारलाई खुब उत्साहसाथ शिक्षा दिनु। मेरो मरिसकेको आत्मा फेरि एकपल्ट जीवित हुनेछ।

                प्रिय, मेरा हरेक चाहना तिम्रो मनमा छ भने, त्यसलाई पूरा गर्ने जमर्को गर्नु। मैले मेरो सारा जीवनमा तिमीलाई सुम्पेको छु, त्यो जीवनको जतन गर्नु, ख्याल गर्नु। तिम्रो हरेक पाइलामा मैले साथ दिन त पाइन तर म अबश्य बाचा गराउँछु कि तिमीले आफ्नो जीवन चलाउनलाई कोहि खोज्नै पर्छ। दुईवटा पांग्रा नभई रथ पनि चल्दैन। त्यस्तै तिम्रो जीवनमा पनि कोहि चाहिन्छ, अनि मात्र तिमीले मेरो इच्छा पूरा गर्छौ भन्ने बिश्वास गर्द्छु। म अहिले अस्पतालको शैय्या आफै बिरामी झै लडेको छु। तिम्रो लागि मेरो अथाह माया छ। सायद यो पत्र निकै लामो भयो होला।अनि यो पत्र तिम्रो हातमा आइपुग्ने बेलासम्म म मृत्युको शैय्यामा पुगुँला। सायद मैले मेरो जीवन तिमीसँग जीउन पाएकाे भए। माया लेखाईमा त पुर्ण बर्णन गर्न सकिन्न भन्छन् तर धेरै माया र अग्रिम शुभकामना छ प्रिय तिमीलाई ।

                                                                                                                                      – उहीँ तिम्रो धड्कन
                                                                                                                                            अन्जान पात्र।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक...