Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

जनकपुरमा रकम छर्ने एक महिलाकाे र्‍यापिड टेस्ट पोजेटिभ

spot_img
spot_img

जनकपुरधाम । जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको र्‍यापिड (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेकी महिलालाई शनिबार प्रहरीले जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । यी दुवै जना नन्द र भाउजु हुन् ।

दुबैलाई नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल जनकपुरधाम लगी स्वास्थ्य परीक्षण गराउँदा एक जनाको र्‍यापिड टेस्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उनले र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि दुबैलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताए । ‘आइसोलेसन वार्डमा राखेर पीसीआर परीक्षणका निम्ति स्वाब संकलन गरिसकिएको छ’ निरौलाले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...