Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजकाे गण्डक हस्पिटललाई काेराेना अस्पताल बनाउन सम्झाैता

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित गण्डक अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि विशेष अस्पताल बनाइने भएको छ । वीरगञ्ज महानगरपालिका र अस्पतालबीच कोभिड अस्पताल बनाउने विषयमा आज समझाैता भएको हो ।

नेकपा वीरगञ्ज महानगर कमिटी अध्यक्षसमेत रहेका सञ्चालक रहबर अन्सारीले विषम परिस्थितिलाई मध्यनजर गरेर महानगरपालिकालाई कोभिड अस्पताल सञ्चालन गर्न दिने घोषणा गरेका थिए ।

अस्पताल र महानगरपालिकाबीच भएको १३ बुँदे सम्झौता पत्रमा निशुल्क रुपमा अस्पताल भवन, शय्या तथा भवनमा जडित प्रयोग भइरहेको सम्पूर्ण उपकरणहरु उपलब्ध गराउने, अस्पतालको व्यवस्थापन, उपकरणको मर्मत सम्भार खर्च, जेनेरेटर, विद्युत महसुल, खाना खर्च लगायत अन्य सञ्चालन खर्च महानगरपालिकाले बेहोर्ने उल्लेख छ ।

महानगरपालिकाले २४ घण्टाभित्र कोभिड अस्पतालमा परिणत गर्नुपर्ने र त्यहाँ रहेको विरामीहरुको व्यवस्थापन महानगरपालिकाले गर्ने, चिकित्सक तथा अन्य जनशक्तिको व्यवस्थापनका लागि गठन गरिने प्राविधिक समितिका संयोजक नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको निर्देशन अनुसार हुने सम्झौतामा उल्लेख छ ।

त्यसैगरी तीन महिनाका लागि गरिएको सम्झौता आवश्यक परेको अवस्थामा आपसी सहमतिमा थप गर्न सकिने, दुवै पक्षले मिलेर फोहोरको व्यवस्थापन गर्ने, कोभिड–१९ अस्पतालमा खटिने जनशक्तिको क्वारेन्टाइन, खाना तथा यातायातको व्यवस्थाका साथै तलब, भत्ता, इन्स्योरेन्स तथा क्षतिपूर्ति नेपाल सरकारको नियमानुसार महानगरपालिकाले व्यवस्थापन सहजीकरण गर्ने सहमति पनि भएको हाे।

विरामीहरुको उपचारमा लाग्ने औषधी, आवश्यक जाँच (ल्याब, एक्सरे, युसिजी, ईसिजी) लगायतका सम्पूर्ण मेडिकल किट र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र आवश्यक थप औजार उपकरणहरुको व्यवस्थापन महानगरले नै गर्ने गरी सम्झौता भएको छ ।

महानगरपालिकाले वीरगञ्जका निजी अस्पतालसँग प्रस्तावना मागेको भए पनि अन्य कुनै अस्पतालले प्रस्ताव नै पेश गरेनन् । गण्डक अस्पतालमा १० बेडको आईसीयू र ३ वटा भेन्टिलेटर छ ।

प्रस्तावित गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयको टोलीले शनिबार नै अनुगमनसमेत गरेको महानगरपालिकाका प्रेस सल्लाहकार गाेबिन्द देवाकाेटाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...