Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नेता रुगंटाद्वारा नारायणी अस्पतालमा स्वाब संकलन गर्न स्क्रिनिंग बुथ जडान

spot_img
spot_img

वीरगन्ज । नेपाली काँग्रेसका नेता एवं उद्यमी अनिल कुमार रुगंटाको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा पहिलो पल्ट (कोभिड-१९) को भाइरस परिक्षणका लागि स्वाब संकलन गर्नको लागि स्क्रिनिंग बुथ जडान गरिएको छ ।

चिकित्सकहरुको सुरक्षाको ध्यानमा राखेर नेता रुगंटाले कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गर्नमा सहजता होस् भने उदेश्यले अस्पतालमा स्क्रिनिंग बुथ जडान गरेका हुन् । नेता रुंगटा आफ्नै उपस्थितमा शनिबार अस्पतालको आकस्मिक कक्षको मुख्य गेटमा स्क्रिनिंग बुथ जडान गरी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.मदन प्रसाद उपाध्यायलाई हस्तान्तरण गरे ।

बुथ हस्तान्तरण कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष जगत साह कानु, सानो पाईलाका निर्देशक कंचन झा, नेवि संघ पर्साका निवर्तमान अध्यक्ष दिलिप राज कार्की लगाएको सहभागिता रहेको थियो ।

कार्यक्रममा पूर्व सांसद समेत रहेको नेता रुगंटाले (कोभिड-१९) को संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन स्वागत योग्य रहेको बताउँदै शंकास्पदहरुको जाँचको दायरा फराकिलो नबनाउदा सम्म यसको कुनै अर्थ रहने भएकोले जाँचको दायरा फराकिलो बनाउन माग गरे ।

अस्पताललाई हस्तान्तरण गरिएको स्क्रिनिंग बुथ आवश्यक्ता अनुसार सार्न मिल्ने गरि फोल्डीङ्ग स्टिम बुथ बनाईएको छ ।

कोरोनाको आशंका भएका बिरामीले स्वास्थकर्मीमाथी नै अव्यवहारीक व्यवहार गर्न थालेपछि चिकित्कसहरुको सुरक्षाको लागि स्क्रिनिगं बुथ निर्माण गरिएको हो । स्वाब संकलन गर्दा चिकित्सक बुथ भित्र र बिरामी बाहिर रहने छन् । यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम न्युन हुन्छ ।

बुथमा एर्जेस्ट फ्यान, एलईडि बल्ब, माईक, स्पिकर, चिकित्सकका लागि पञ्जा लगायतका सामाग्रीहरुको व्यवस्था मिलाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...