Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरिया नपाकाे वडा नं. २, ४ र ८ मा राहत वितरण

spot_img
spot_img

वीरगंज । पोखरिया नगरपालीकाकाे वडा नम्बर २, ४ र ८ मा आज राहत बितरण गरिएको छ । वडा नम्बर २ मा १ सय ५०, वडा नं. ४ मा ३ सय ७ र वडा नं. ८ मा एक सय ७७ गरिब परवारलाई राहत वितरण गरिएकाे नगर प्रमुख दिपनारायण राैनियारले वताउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा प्रभावित अति गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिएकाे प्रमुख राैनियारले जानकारी गराउनु भयाे ।

राहतमा चामल २५ किलो, तेल १ किलो, दाल २ किलो, नुन २ किलो, आलु ५ किलो, सोयाबिन ५०० ग्राम , नुहाउने र लुगा धुने साबुन २–२ पिस बितरण गरिएको निमित प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनु भयाे।

वडा नं. ४ काे राहत वितरण नगर प्रमुख रौनियार, उप प्रमुख सलमा खातुन, पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण प्रसाद रौनियार, पूर्व सांसद रामेश्वर राैनियार, वडाध्यक्ष लक्ष्मण साह  लगायतकाे उपस्थितीमा भएकाे थियाे भने वडा नं. २ र ८ काे राहत वितरण नगर प्रमुख राैनियार र उप प्रमुख खातुन, वडाध्यक्ष सुरेन्द्र प्रसाद यादव, किशाेरी साह तेलीकाे उपस्थितीमा भएकाे थियाे ।

बाकी रहेकाे वडाहरुमा भाेली (आइतबार) राहत वितरण गरिने नगरपालिका कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...