Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पकहा मैनपुरमा ४० लाखकाे राहतले पुगेन, थप ९ लाखकाे खरिद गरिने

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाले थप ९ लाख बाराबरकाे राहत सामग्री खरिद गर्ने भएकाे  छ । बैशाख ४ गते बिहिबार बसेकाे बाेर्ड बैठकले थप ९ लाख बराबरकाे राहत सामग्री खरिद गर्ने निर्णय गरेकाे निमित प्रमुख प्रशासकिय अधिकृत महेश प्रसाद सिंहले वताए ।

उनका अनुसार यस भन्दा पहिला गाउँपालिकाले रु ४० लाख बराबरकाे राहत सामग्री खरिद गरेकाे थियाे । जुन बाँडि सक्दा पनि नपुगेकाेले थप ९ लाख बराबरकाे राहत सामग्री खरिद गर्ने निर्णय भएकाे अधिकृत सिंहले वताए ।

कुन वडामा कति कति घरदुरीलाई राहत बाँडिएकाे प्रश्नकाे जवाफमा त्यसकाे लागि गाउँपालिका पुगेर बताउन सकिने भनि प्रशासकिय अधिकृत सिंहले फाेन काटिदिए ।

यता गाउँपालिका अध्यक्ष बिजय चाैरसियालाई समेत फाेन सम्पर्क गर्दा पहिला फाेन उठेन । केही बेर पछि चाैरसियाले नै फाेन गरे पछि म पत्रकार बाेलेकाे अध्यक्ष ज्यू तपाईकाे गाउँपालिकामा राहत वितरण भयाे ? कति घरदुरीलाई राहत वितरण गर्नु भयाे प्रश्न गर्दा गाउँपालिकामा भेटेर कुरा गर्नु हाेला भन्दै गैर जिम्मेवार पूर्ण जवाफ दिदैै फाेन काटिदिए ।

यता राहत वितरणकाे लागि खरिद भएकाे खाद्यान्न सामग्रीमा अनियमितता भएकाे गाउँपालिकाकी उपाध्यक्ष  कुशमी देवीले आराेप लगाएकी छन् । उनका अनुसार गाउँपालिकाकाे बिशेष सभाले लकडाउनमा समस्यामा परेका अति गरिब परिवारकाे राहत वितरणकाे लागि रु ८० लाख रकम छुट्याइएकाे थियाे । राहत वितरण कै लागि प्रदेश सरकारले गाउँपालिकालाई रु १० लाख अनुदान समेत दिएकाे छ ।

साेही रकमबाट राहत वितरणकाे लागि चामल, दाल, आलु, तेल लगायतकाे खाद्यान्न सामग्री खरिद समिति बनेकाे थियाे । जुन समितिमा आफु भए पनि आफुलाई खरिद कार्यमा सहभागि नगराई उपाध्यक्ष चाैरसिया र प्रमुख प्रशासकिय अधिकृत सिंहले अनियमितता गरेकाे आराेप उपाध्यक्ष कुशमीकाे छ ।

उनका अनुसार कुनै सुचना बेगर नै खरिद एन विपरित राहत सामग्री खरिद भएकाे छ । विपदकाे समयम कमसेकम ३ दिनकाे सुचना आवाहान गरी सामग्री खरिद गर्नु पर्ने त्याे पनि नभएकाे उनकाे भनाई छ ।

यस अघि बसेकाे गाउँपालिकाकाे बाेर्ड बैठकले गाउँपालिका अन्तर्गतकाे सबै वडाका अति गरिब तथा विपन्न परिवारलाई सरकारी मापदण्ड अनुसार चामल २५ किलाे, दाल ३ किलाे, आलु ५ किलाे, नुन एक किलाे, तेल एक किलाे र साबुन लगायतकाे सामग्री राहत वितरण गर्ने निर्णय गरेकाे समेत उनले वताइन ।

तर पछि गाउँपालिकाले बिना सर्बदलिय बैठक कै चामल १० किलाे, आलु २ किलो, प्याज १ किलो, दाल ५०० ग्राम, स्वयाबिन ५०० ग्राम, नुन १ किलो, तेल ५०० ग्राम र चना ५०० ग्राम मनपरी तरिकाले वितरण गर्न थाले पछि साेकाे आफुले बिराेध गरेकाे उपाध्यक्ष कुशमीले जानकारी गराइन ।

साेही बिषयमा चैत २८ गते उपाध्यक्ष कुशमीले प्रमुख प्रशासकिय अधिकृत सिंह माथी हातपात समेत गरेकी थिइन ।

यता बैशाख ४ गते बिहिबार बसेकाे गाउँपालिकाकाे बाेर्ड बैठकले थप राहत वितरणकाे लागि ९ लाख रकम छुट्याएकाे र गाउँपालिका उपाध्यक्षद्वारा प्रमुख प्रशासकिय अधकृतमाथी भएकाे हातपातकाे अभिव्यक्ति सच्याउन भएकाे निर्णयमा आफ्नाे कुनै किसिमकाे सहमती नरहेकाे वताएकी छिन् ।

उपाध्यक्ष कुशमीले शनिबार एक प्रेस विज्ञप्ती नै जारी गर्दै साेकाे खण्डन गरेकी हुन् । आफ्नाे सहमती बेगर बाेर्ड बैठककाे निर्णयमा आफ्नाे नाम जाेडी गाउँपालिका अध्यक्ष चाैरसियाले गलत निर्णय सार्बजनिक गरेकाे प्रति आफ्नाे ध्यान आक्रषण भएकाे भन्दै त्याे कुरामा कुनै किसिमकाे सत्यतता नरहेकाे उनले कालिका टाइम्स संग कुरा गर्दै जानकारी गराइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...