Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

रहबरले घाेषणा गरे अनुसार नि:शुल्क हस्पिटल दिन हाले प्रस्तावना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले निजि अस्पतालहरुकाे लागि आवहान गरेकाे ३ दिने प्रस्तावनाकाे समय आज समाप्त भएकाे छ ।

महानगरपालिकामा नेकपा वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले घाेषणा गरे अनुसार नि:शुल्क रुपमा उनकाे गण्डक हस्पिटलले प्रस्तावना पेस गरेकाे छ । महानगरले प्रस्तावना मांग गरेकाे अन्तिम दिन सम्म एक मात्र गण्डक हस्पिटले प्रस्तावना पेस गरेकाे महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महताेले वताए ।

उनले भने “प्रस्तावना पेश गर्नु पर्ने अन्तिम दिन आज सांझ ५ बजे सम्म श्री गण्डक हस्पिटल प्रालि वीरगंजले मात्र प्रस्तावना पेश गरेकाे छ । उसले पेस गरेकाे प्रस्तावनामा काेराेना भाइरस (काेभिड १९) संक्रमित बिरामीकाे लागि अस्थाई रुपमा उपलब्ध गराइने वीरगंज १४ स्थित रहेकाे भवन, अस्पताल भवनमा रहेकाे सम्पूर्ण उपकरणहरु महानगरलाई उपलब्ध गराए वापत कुनै किसिमकाे भाडा नलिकन व्यवस्थापन तथा संचालनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्न तयार रहेकाे उल्लेख गरिएकाे छ।”

यस बिषयमा भाेली शुक्रबार बस्ने बाेर्ड बैठकले निर्णय गर्ने समेत प्रशासकिय अधिकृत महताेले जानकारी गराए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत मुजतुबा अंसारीले हस्पिटलकाे तर्फबाट हस्ताक्षर गरेकाे प्रस्तावना महानगरपालिकामा पेश भएकाे छ ।

यस अघि अध्यक्ष अन्सारी बैशाख १ गते काेराेना अस्पताल प्रयाेजनकाे लागि आफु स्थानिय सरकारलाई आफ्नाे मातहतमा रहेकाे गण्डक हस्पिटल दिन तयार रहेकाे घाेषणा गरेका थिए । त्यसकाे भाेली पल्ट बैशाख २ गते वीरगंज महानगरले एक सुचना जारी गर्दै काेराेना संक्रमितकाे उपचार्थ प्रयाेजनाकाे लागि इच्छुक निजि अस्पतालहरु संग प्रस्तावना मांग गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...