बीरगन्ज । बीरगन्जको छपकैयामा ४ सय जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
सिल गरिएकाे वीरगंजकाे छपकैयामा आजबाट सुरु भएकाे र्यापिड टेस्ट ४ सय जनाकाे हाल सम्म भएकाे र सबैकाे नतिजा नगेटिभ आएकाे वीरगंज महानगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महताेले वताउनु भयाे ।
र्यापिड टेस्टकाे लागि किट संघ सरकारले उपलब्ध गराएकाे र वीरगंज महानगरपालिकाले आजबाट र्यापिड टेस्ट सुरु गरेकाे महताेले जानकारी गराउनु भयाे ।
छपकैयास्थित मस्जिदमा रहेका तीन भारतीयमा कोरोनको संक्रमण देखिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस