Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

सिल गरिएकाे छपकैयामा राहत लिएर मेयर सरावगी आफै पुगे

spot_img
spot_img

बीरगन्ज । बीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगी आज राहत लिएर आफै छपकैया पुगेका छन् । सिल गरिएकाे वीरगंज महानगरपालिकाकाे वडा नं. २ छपकैयामा राहत स्वरुप खाद्यान्न सामग्री लिएर मेयर सरावगी आफै पुगेका हुन् ।

सिल भएका कारण घरमै थुनिएपछि खाद्य सामाग्रीको अभावमा भोकभाकै बस्नु परेको गुनासो बाहिर आएपछि मेयर सरावगीले तदारुकता देखाएका हुन् ।

१५ सय परिवारलाई पुग्ने गरी खाद्यान्न सामग्री मेयर साहेब आफै लिएर छपकैया पुग्नु भएकाे उनका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले वताए । ती सामाग्री विपन्न वर्गलाई बाँड्नको लागि वडालाई जिम्मा लगाइएको द्विवेदीले जानकारी गराए ।

सिल गरिएको छपकैया क्षेत्रका विशेष गरी गरिब, निमुखा तथा श्रमजीवि परिवारलाई लागि सो खाद्य सामाग्रीको व्यवसथा गरिएको उनले बताए । प्रति परिवार १५ किलाे चामल, डेढ किलाे दाल, एक प्याकेट नुन र तेल राहत बाँडिने छ ।

अहिलेलाई १५०० परिवारलाई पुग्ने गरी खाद्य सामाग्री वडालाई दिएकाे मेयर सरावगीले वताए । उनले भने “आवश्यक परे अझै उपलब्ध गराउछौं । सबै व्यवस्था महानगरले गर्छ, भोकभाकै कोही बस्नु पर्दैन ।”

महानगरले राहत बाँड्नका लागि सबै सामाग्री कार्यवाहक वडा अध्यक्ष वकिय मियाँ अन्सारीलाई जिम्मा लगाएको छ । यता सो क्षेत्रमा कोभिड १९ को र्‍यापिट टेस्ट पनि शुरु गरिएको मेयर सरावगीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...