Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

काेराेनाबाट बाचेकाहरू भाेकले नमरून

spot_img
spot_img

सरकारले लागू गरेका नियमको पालना नागरिकले गर्नुपर्छ । लकडाउन गरिएको वा सिल्ड गरिएको ठाउँमा पनि पूर्ण पालना हुनुपर्दछ । यो निर्विकल्प उपाय हो । यसमा दुई मत छैन । यति भन्दै गर्दा सिल्ड गरिएको कारण भोकै परेका नागरिकलाई बचाउने कर्तव्य फेरि राज्यकै होईन र ?

तर यसतर्फ स्थानीय सरकार, प्रदेश सरकार नत संघीय सरकार नै गम्भीर छ । स्थानीय प्रशासनले संभावित संक्रमित ठाउँ त सिल्ड गर्याे । त्यति गरेपछि प्रशासनको काम सकियो त ? न त यहाँ ¥यापिड टेस्ट नै गरेको छ, न त कुनै त्यसको तैयारी नै ।
काठमाडौको पेप्सीकोलामा रहेको सनसिटि अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएसँगै सिल गरेर तत्काल ¥यापिड टेस्ट गरेर सिल खोल्ने काम भएको छ ।

लगातार तीन दिनदेखिको सिलका कारण अहिले छपकैयाका अति विपन्न वर्गहरू, मजदुर, निकै कमजोर आयश्रोत भएका व्यक्ति भोक भोकै मर्नु पर्ने स्थिति देखिँदैछ । भोकले मर्नबाट जोगिन नै नागरिकले सिल्ड गरेको एरियाको अवज्ञा गर्न सक्ने अवस्था आउन सक्छ ।

राज्यले पनि आफ्नो कर्तव्य भुल्दैछ । नागरिकको मौलिक हक खोसिँदैछ । यसमा कोही कसैले पनि चुइक्क बोलेको देखिँदैन ।
भोलिका दिनमा सडकमा भीड पनि लाग्न सक्छ । पछि भीड अराजक बन्न सक्छ । खानाको खोजिमा भौतारिएकाको भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्ला । आफू बसेकै ठाउँमा दुई छाक खान पाए नागरिकले पक्कै पनि यस्तो गर्दैन । तर अवस्था त्यस्तै आउँदै छ ।

नागरिकको लागि कारोनाभन्दा ठूलो चिन्ता भोक हुन लागेको छ । भोलि भोक मेटाउनकै लागि घरदैलोमा भीड जम्मा हुन थाल्यो भने लकडाउन र सिल्डको औचित्य के रहला ? भोकमरीको आक्रान्त अवस्थाले गलत बाटो निम्त्याउन सक्छ । त्यसैले कोरोनासँगै भोकमरीको बारेमा पनि गम्भीर भएर सरोकारवालाले सोच्नुपर्ने बेला आएको छ ।

लेखक : आबिद हुसेन (संचारकर्मी) सगरमाथा टेलिभिजनका पर्सा समवाददाता हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...