Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

अध्यक्ष मियाँ सहित ३८ को कोरोना रिपोर्ट नेगेटिभ

spot_img
spot_img

वीरगन्ज । भारतीय मिडियाले प्रशारण गरेको समाचारका कारण विवादमा परेका पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मुखियाको स्वाब परिक्षणको रिपोर्ट आएको छ । किट जन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा मियासँगै उनको घरमा रहेका परिवारका सदस्य सहित ३८ जनाको स्वाब सोमबार संकलन गरि परिक्षणका लागि हेटौंडाको पठाइएको थियो ।

३८सैं जनाको स्वाब परिक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको बागमति प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोतम राज सेढाईले पलखबरलाई जानकारी दिएका छन् । नारायणी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले वीरगन्जको पावरहाउस चोक नजिकै रहेको मियाको घरमै पुगेर कोरोना संक्रमणको आशंकामा परिक्षणका लागि मियासहित ३८ जनाको स्वाब संकलन गरेको थियो ।

वीरगन्जमा कोरोना भाइरसका ३ जना भारतीय संक्रमीत भेटिएपछि शंकास्पद व्यक्ति सबैको स्बाब संकलन गर्न स्थानीय प्रशासनले नारायणी अस्पताललाइ निर्देशन दिएको थियो । त्यस क्रममा ३ जना संक्रमितसँगै सम्पर्कमा रहेका र अन्य शंकास्पद गरि सोमबार ३८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा ल्याएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...