Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

रहबरकाे हस्पिटल दिने घाेषणाले उत्पन्न तरंग र यथार्त

spot_img
spot_img

वीरगंज । बिश्वभरी महामारी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) सक्रमणबाट नेपाल पनि अछुताे रहन सकेकाे छैन । नेपालमा हाल सम्म १६ जनामा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ । जस मध्ये प्रदेश २ काे वीरगंजमा ३ जना र एक जना राैतहटका रहेका छन् भने अन्य अरु ठाउँका रहेका छन् ।

वीरगंजका ३ र राैतहटका १ जना गरी ४ संक्रमितलाई वीरगंज स्थित नारायणी अस्पतालकाे आइसाेलेसनमा राखि उपचार भइरहेकाे मेसु डा. मदन कुमार उपाध्यायले वताए । वीरगंजकाे छपकैयाका ३ जनामा काेराेना संक्रमण पुष्टी भएका कारण वीरगंज महानगरपालिकाकाे वडा नं. १, २ र ३ छपकैया क्षेत्रलाई सिल समेत गरि सकिएकाे छ ।

यसले वीरगंज काेराेनाकाे संक्रमणकाे उच्च जाेखिममा रहेकाे देखिन्छ । याे संगै वीरगंज लगायत पर्सा बासी झन त्रसित भएका छन् । संघ सरकारकाे चैत ३० गतेकाे निर्णय अनुसार वीरगंज स्थित रहेकाे एक मात्र सरकारी नारायणी अस्पतालाई काेराेना अस्पताल बनाइएकाे पत्र समेत प्राप्त भएकाे मेसु डा. उपाध्याय वताउँछन् ।

यस अघि वीरगंजमा काेराेना अस्पताल बनाउनु पर्ने माग समेत उठेकाे थियाे । सर्बप्रथम चैत २३ गते नेपाल चिकित्सक संघ नारायणी वीरगंजका सचिव डा. उद्य नारायण सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै वीरगंजमा छुट्टै काेराेना अस्पताल बनाउनु पर्ने प्रदेश २ काे काेराेना बिशेष सल्लाहकार समिति तथा सराेकारवालासंग माग गरेका थिए ।

त्यस पछि पर्साका एक सांसद, वीरगंजका मेयर सहितकाे एक टाेलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी समक्ष नै पुगेर वीरगंजमा काेराेना अस्पताल तथा काेराेना परिक्षणकाे व्यवस्था मिलाउन गुहारेकाे सार्बजनिक भएकाे थियाे । साे समयमा मुख्य मन्त्रीले केही दिन भित्र वीरगंजमा काेराेना परिक्षण सहितकाे अस्थाई काेराेना अस्पताल बनाइने समेत वताएका थिए ।

त्यस लगतै नै प्रदेशकाे एक टाेली वीरगंजमा आएर काेराेना अस्पतालकाे लागि नारायणी अस्पताल, वीरगंज हेल्थ केयर, नेशल ट्रेडिङ्ग लगायतकाे ठाउँकाे नाटकिय ढंगले निरिक्षण समेत गरेर गएकाे थियाे ।

त्यसकाे केही दिन पछि पनि वीरगंजमा काेराेना परिक्षण र अस्पताल निर्माण हुने नदेखिए पछि र वीरगंजका ३ जनामा काेराेना संक्रमण पु्ष्टि भए पछि सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरगंज महानगर कमिटीले चैत २९ गते संघ सरकारलाई एक पत्र लेख्दै वीरगंजमा काेराेना अस्पताल बनाउन माग गर्‍याे ।

जुन पत्रमा नेकपाका वीरगंज महानगर इन्जार्ज दिनेश राई, अध्यक्ष रहबर अन्सारी र सचिव बिश्वम्भर कुमार शर्माले हस्ताक्षर गरेकाे कालिका टाईम्सले नै सार्बजनिक समेत गरेकाे थियाे । जुन पत्र प्रदेश २ सरकार, नेकपा केन्द्रिय कमिटी र प्रदेश कमिटीलाई समेत बाेधार्थ गरिएकाे थियाे ।

त्यसकाे भाेली पल्ट नै चैत ३० गते संघ सरकारले वीरगंज स्थित नारायणी अस्पतालाई काेराेना अस्पताल बनाउन निर्णय गरेकाे पत्र समेत प्राप्त भएकाे मेसु डा. उपाध्यायले पुष्टि गरेका छन्  । यसलाई कतिपयले रहबरकाे प्रभावकाे कारण निर्णय भएकाे समेत बताइरहेका छन्

त्यस पछि वीरगंजमा रहेकाे एक मात्र सरकारी नारायणी अस्पताललाई काेराेना अस्पताल बनाउदा त्यहाँकाे बिरामाीहरु कहाँ जाने, प्रसुती सेवा कहाँ संचालन हुने र सर्बसाधारणले अन्य राेगकाे उपचार कहाँ पाउने भने अवाज र प्रशन समेत उठन सुरु भएकाे छ । त्यसकाे जवाफमा संघ सरकारले लेखेकाे पत्रमा अन्य बिरामीकाे लागि नेशनल मेडिकल कलेजमा व्यवस्था भएकाे लेखिएकाे मेसु डा. उपाध्यायले जानकारी गराए ।

त्यस अघि संघ सरकारले प्रदेश २ काे जनकपुरमा रहेकाे प्रादेशिक अस्पताललाई काेराेना परिक्षण सहितकाे काेराेना अस्पताल बनाउने निर्णय समेत गरेकाे थियाे । तर नेपालकाे मुख्य प्रबेशद्वारकाे रुपमा रहेकाे वीरगंज, पर्सा, बारा, राैतहट सर्लाहीकाे बिरामीकाे चाप रहेकाे र औधाेगिक करिडाेरकाे रुपमा रहेकाे पर्सा र बारा रहेकाे भन्दै वीरगंजमा काेराेना परिक्षणकाे व्यवस्था गर्नु पर्ने माग भइरहेकाे थियाे ।

तर हाल सम्म नारायणी अस्पतालमा काेराेना परिक्षणकाे लागि पिसिआर मेसिन आई नसकेकाे मेसु उपाध्यायले कालिका टाईम्सलाई वताए । अस्पतामा हाल सम्म २५ बेडकाे आइसाेलेसन मात्र रहेकाे उनले वताए । त्यतिले मात्र काेराेनाकाे लागि पूर्व तयारी पर्याप्त नभएकाे उनले जानकारी समेत गराए ।

साेही क्रममा बैशाख १ गते नेकपा वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले समाजिक संजाल आफ्नाे फेसबुक मार्फत काेराेना अस्पतालकाे लागि आफु आफ्नाे गण्डक हस्पिटल स्थानिय सरकारलाई दिन तयार रहेकाे वताए पछि वीरगंजमा तरंग नै मच्याे । धेरै जसाेले फेसबुक मार्फत अन्सारीलाई धन्यावाद भन्दै उनकाे फेसबुक स्टेटस सेयर गर्न थाले त केहीले आलाेचना समेत गर्न थाले ।

साेही समर्थन र आलाेचनालाई आधार मानी वीरगंजका अधिकांश मिडियाहरुले रहबरकाे प्रतिक्रिया सहितकाे समाचार समेत लेखे । केहीले रहबरकाे आलाेचना सहित समाचार समेत लेखे । त्यस भन्दा पहिला प्रदेश सरकार अर्थात प्रदेश २ काे मुख्यमन्त्री गद्दीका कारण वीरगंजमा काेराेना परिक्षणकाे व्यवस्था र अस्पताल निर्माण हुन नसकेकाे आलाेचना समेत भइरहेकाे थियाे ।

अन्सारीले अस्पताल दिने घाेषणा आफु एक वीरगंजकाे आम नागरिककाे हैसियतले दिने गरेकाे वताए पनि याे बिषय राजनितिकबाट अछुताे रहन सकेन । यती सम्म वीरगंज महानगरका मेयर बिजय सरावगी, उनका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटा र रहबरकाे नाम जाेडेर वीरगंज बाहिरकाे एक अनलाईन मिडियामा समाचार समेत आयाे । त्यस पछि रहबरकाे अस्पताल दिने घाेषणले झन चर्चाकाे बिषय बन्याे ।

हुन त रहबरकाे आलाेचना एक अक्राे कारण समेत थियाे । रहबर भन्दा पहिला नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अन्सारीले समेत आवश्यकता परेकाे खण्डमा पुरै अस्पताल नै सरकारलाई जिम्मा लगाउने वताएका थिए । तर आवश्यकता परेकाे बेला उनी पछि हटेका कारण उस्तै त हाेला पनि रहबरकाे आलाेचना गर्नेहरुकाे तर्क छ ।

विगतको दिनमा घोषणा गरेर सस्तो लोकप्रियता कमाएर घोषणाबाट पछि हटेको नमिठो अनुभव पर्साबसी संग भए पनि सबैलाई एउटै तराजुको कसीमा तौलन मुनासिव हुदैन ! घोषणा गर्ने व्यक्तिको विगत र बर्तमानलाई न्याल्दै यो महामारीको बेला संयमताका साथ धैर्य गरी घोषणा गर्ने व्यक्तिको वास्तविक परीक्षण पनि उतिकै जरुरी रहेकाे गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह वताउँछन् ।

रहबरकाे आलाेचना गर्नेहरु आवश्यकता परेकाे बेला नदिएर पछि अस्पताल दिने उनकाे घाेषणा सस्ताे लाेकप्रियता कमाउनकाे लागि मात्र भएकाे वताइरहेका छन् । तर त्याे पनि तर्क वीरगंज महानगरपालिकाले बैशाख २ गते गरेकाे एक सुचनाले तुहाई दिएकाे छ । काेराेनाकाे महामारी राेकथाम र नियन्त्रण गर्न निजि अस्पतालहरु चाहिएकाे भन्दै महानगरले ३ दिने प्रस्तावना अवहान गरेकाे छ ।

अस्पताल दिने घाेषणा गरेका रहबर के भन्छन् 

पर्साकाे जनसंख्याको अधारमा यदि विरगंज भोलि महामारीको एपिक सेन्टर बनेर आयो भने समस्या नहोस भन्ने हिसाबले  आफु आफ्नो अस्पताल दिन तयार भएका वताउन्छन् । मैले मेरो क्षेत्रको जनतालाई पिडामा देख्न सक्दिन र जनतालाई समस्या परेको बेला आफु कहिले पछि नहट्ने भनि उनकाे भनाई छ । महामारीको लागि जति धेरै अस्पताल तयार पर्न सकिन्छ त्यती धेरै फाइदा हुने उनी बताउँछन् ।

विरगंज महानगरले कोभिड-१९ अस्पताल बारे मसंग कुनै सहकार्य गरेको छैन । प्रदेश-२ सरकार र महानगरले आफै कोभिड-१९ अस्पतालको लागि मेरो अस्पताल भन्दा बढी पूर्वधार र बढी जनशक्ति भएको दुई तीनवटा अस्पतालको निरक्षण गरेको र ति मध्ये एउटा लिने व्यापक हल्ला थियो ।

अब त्यस्ताे अवस्थामा अरु अस्पताल भन्दा मेरो अस्पतालमा कम जनशक्ति र उपकरण छ । बरु यहि लिनुस भन्नु पनि ठिक हैन उनी वताउँछन् । अन्तमा जब कुनै अस्पतालले नदिएको खबर सुने पछि मैले मेयर साहबलाई फोन गरेर सोधे ” मेयर साहब तपाइले म संग अस्पताल माग्नु नै भाको छैन” अनि मैले वहालाइ भने यदि कुनै अस्पतालले नदिएको खण्डमा मैले आफ्नाे अस्पताल स्थानिय सरकारलाइ नि:शुल्क दिन तयार रहेकाे छु भने उनी कालिका टाइम्स संगकाे कुराकानीमा वताए ।

आइतबारको दिन जिप्रकामा भएको कुनै पनि मिटिङ्गमा मलाई बोलाइएको थिएन र मेरो अस्पतालको तर्फबाट कोहि गएको पनि थिएन। पर्सा जिल्लामा भएको अस्पतालसंग पनि महानगरले सल्लाह गर्नु आवश्यक छ भन्दै सुझाव दिए । विपक्षीहरुले निराधार समाचार लेखेर चरित्र हत्या गर्नु दु:ख्द हो भएकाे उनले वताए ।

केहि दिन पहिला एउटा युवाले अपचार नपाएर मृत्यु भएको भनेर दोष गण्डक अस्पताललाई लगाइयो त्यो गलत हो । त्यो युवालाई पहिला कुनै अस्पतालमा राखिएको थियो। उनलाई डिस्चार्ज गरियो र डिस्चार्ज सम्मरीमा क्रोना सस्पेक्टेड भनेर लेखि टेकु अस्पताल काठमाण्डौमा रेफर गरिएको थियो।

त्यो बिरामीका आफन्तजनहरुले बिरामिलाई लिएर विरगंजका विभिन्न अस्पतालमा गए र सबै अस्पतालले टेकु अस्पताल नै जान सल्लाह दिएकाे रहबरकाे भनाई छ । दुर्भाग्यवस युवाको मृत्यु पछि एउटा व्यक्ति विषेसलाई दोष दिनु निन्दनीय छ। अहिलेको अवस्थामा एक-अर्का माथि टिका-टिप्पणी गर्नु गलत हो र कुनै पनि अफ्वाह पछि नलाग्न उनले आग्रह समेत गरे।

यो विषम परिस्थिति मा एउटा ठिटो युवा को आदम्य साहस र समाज प्रति को उत्तरदायीतव बोध लाई खिली उडाउने काम किमार्थ जन हित मा हुन सक्दैन तसर्थ अहिले को बेला एक ले अर्काको खिली उडाउने न भई हातेमालो गरी महामारीको बिरुद्ध एक जुट भई लडने बेला भएकोले समयको आवश्यकता र यथार्थलाई हामी सबैले मान्न गर्न जरुरी छ !

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...