Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नारायणीलाई काेभिड अस्पताल बनाएर प्राईभेट हस्पिटलकाे व्यापार बढाउने प्रपञ्च : नेता सिंह

spot_img
spot_img

काेभिड-19 काे संक्रमणकाे कारण इटलीमा धेरै मानिसले ज्यान गुमाएपछि त्यहाँकाे सरकारले धमाधम काेभिड स्पेशल अस्पताल बनायाे । एउटा बाक्लाे बस्तीकाे वीचमा रहेकाे अस्पताल पनि काेभिड स्पेशल अस्पताल बनाईयाे । जसकाे परिणाम स्वरूप त्यस आसपासका झण्डै ४ हजार मानिसले ज्यान गुमाए । हाम्राेमा काेराेनाले बल्ल खुट्टा पसार्दैछ, तर इटलीकाे घटनाबाट सरकारले पाठ सिकेकाे पाईँदैन ।

यहाँ पनि वस्तीकाे विचमा रहेकाे नारायणी अस्पताललाई काेराेना अस्पतालमा परिणत गर्ने र त्यहाँकाे अन्य सम्पूर्ण सेवा बन्द गरेर जेनरल उपचार कहाँ लैजान खाेजेकाे ? निमुखा जनता प्रसुति लगायतकाे उपचारकाे लागि कहाँ जाने ? बस्ती बिचमा रहेकाे अस्पताललाई काेभिड स्पेशल अस्पताल बनाउँदै गर्दा बस्ती खाली गराउनु पर्दैन ?

सुन्दैछु नारायणी अस्पताललाई काेभिड अस्पताल बनाएर संघीय सरकारकाे नजिक रहेका प्राईभेट अस्पतालकाे व्यापार बढाउने प्रपञ्च गरिँदैछ । याे वीरगन्जवासी र उपचारमा दिनरात खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी विरूद्दकाे कार्य हाे ।

याे सरकारले हरेक जसाे राष्ट्रिय बिपत्तिमा ब्रह्मलुट मच्चाएकाे जगजाहेर नै छ । चीनबाट स्वास्थ्य सामाग्री मगाउँदा कराेडाैं भ्रष्टाचार गरेकै हाे, त्यतिले नपुगेर जिल्लामा रहेका आसेपासेलाइ पनि धनी बनाउन खाेजिएकाे छ । विपदमा कमाउन खाेज्ने तिमिहरूलाई वीरगंजवासीकाे आह लाग्ला ? तिम्राे समपूर्ण खानदानलाई काेराेना लाग्ला ? हाेशीयार, समय मैं समबन्धित सरोकारवालाको चेत खुलोस् ।

राष्ट्रिय जनता पार्टी (राजपा)का महासिचव एवं पर्सा जिल्ला अध्यक्ष समेत रहेका वीरगंजका युवा नेता राजेशमान सिंहले आफ्नाे फेसबुकवालमा लेख्नु भएकाे स्टेट्स जस्ताकाे त्यस्तै ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...