29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

पकहा मैनपुरमा राहत बहिष्कार, अनियमितता भएकाे आराेप

मैनपुरमा राहत लिएर गएकाे गाउँपालिकाे गाडी र राहत बहिस्कार गर्न जम्मा भएकाे स्थानिय । तस्बिर : कालिका टाइम्स

वीरगंज । पर्साकाे पकाहा मैनपुर गाउँपालिकाका वाड न . ३ मैनपुर टोलका वासीले गाउँपालिकाद्वारा वितरण गर्न लगिएको राहत लिन मानेका छैन । वाडध्यक्ष मदन साह कानुले जनतालाई जति समझाउदा पनि मैनपुर टोलका बासिन्दाले राहत लिन नमाने पछि राहत वितरण टोली फर्किनु परेको छ ।

गाउँपालिकाले लकडाउमा प्रभावित परिवारको लागि प्रति परिवार १० किलो चमाल, आधा किलो दाल, १ किलो प्याज, २ किलो आलु, आधा किलो चना, आधा किलो सोयाबीन र आधा लिटर खाने तेल वितरण गर्न लगेकाे थिए । तर गाउँवासीले सरकारी मापदण्ड अनुसार राहत नभएकाे भन्दै फिर्ता पठाइ दिए ।

गाउँवासीका अनुसार गाउँपालिकाले राहत वितरणकाे लागि विशेष सभा गरी रु ८० लाख रकम छुट्याएकाे थियाे । राहत वितरण कै लागि प्रदेश सरकारले पनि गाउँपालिकालाई रु १० लाख अनुदान दिएकाे छ । दुबै रकबाट बाेर्ड बैठककाे निर्णय अनुसार २५ किलाे चामल, ३ किलो दाल, ५ किलो आलु, तेल १ लिटर लगायतका खाद्यान्न सामग्री राहत वितरण गर्न निर्णय गरेकाे थियाे ।

तर एकासी आज राहत सामग्री कम लिएर वितरण गर्न गाउँपालिकाकाे टाेली आए पछि आफुहरु राहत बहिस्कार गरेकाे स्थानिय नरेश पटेलले वताए ।

गाउँलेको भनाई अनुसार त्यो वाडको लागि गाउँपालिकाले ८ लाख बराबरको रकम छुटयाएको र सो रकम बराबरको राहत बितरण हुनु पर्ने अड़ान राखेका छन् । साथै गाउँपालिका अध्यक्ष बिजय चौरसियालाई बोलाएर के कति रकमको राहत वितरण हुदै छ सो जानकारी लिन खोजेका थिए।

तर गाउँपालिका अध्यक्ष नआए पछि जनता आक्रोशित समेत भएका थिए । राहत वितरणमा अनियमिता भएको र रकम बराबरको पनि राहत आफ्नो टोलमा नआए पछि स्थानीय आक्रोशित भएर राहत वितरण बहिष्कार गरेको स्थानिय नवलकिशाेर पटेलले बताए।

यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष विजय चाैरसियासंग फाेनमा सम्पर्क गर्दा फाेन काटिदिएका कारण सम्पर्क हुन सकेन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:218. Generation time:3.794 sec. Memory consumption:82.74 mb