Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

जीतपुर सिमराकाे वडा नं. २४ मा सरकारी मापदण्ड अनुसार राहत वितरण

spot_img
spot_img

बारा । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण राेकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभाबित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ का बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्यन्न समाग्री वितरण गरिएको छ ।

वडाध्यक्ष इलियास देवानको अगुवाईमा श्री नेपाल राष्ट्रीय आधारभूत बिद्यालयबाट वडा अन्तर्गतका २ सय १ विपन्न परिवारका लागि राहतमा खाध्यान्न सामग्री वितरण गरिएको हाे । राहतका लागि अति विपन्नको पहिचान गरि राहत वितरणको काम भैरहेको वडाध्यक्ष देवानले वताउनु भयाे ।

राहतमा प्रति परिवार ३० केजी चामल,२ केजी दाल, १ केजी नुन र खाने तेल १ लिटर वितरण गरिएको देवानले जानकारी गराउनु भयाे । कोरोना महामारी फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीवन यापन गर्दै आएका विपन्न परिवारको जीवन रक्षार्थ राहत वितरण गरिएको हो ।

सरकारी निर्देशिका अनुसारका विपन्न परिवार छनौट गरी राहत वितरण गरिएको वडा अध्यक्ष देवानले वताउनु भयाे । वडामा रहेका विपन्न परिवारको पहिचान र राहत वितरणका लागि विभिन्न दलका प्रतिनीधि, सेना, प्रहरी र जनप्रतिनीधिहरुको वडा स्तरिय सर्वदलिय समिति बनाई काम गर्नु पर्ने भएकोले केहि समस्या हुन गएको र त्यसको कारण केहि समय ढिलो हुन गएको देवानले वताउनु भयाे।

राहत वितरण कार्यमा वडाध्यक्ष देवान सहित वडा सचिव सिद्धार्थ चौधरी, वडा सदस्यहरु सोबराति अंसारी, असिन देवान, कसीरन खातून साथै कलाम अंसारी, ग्यासुद्दीन अंसारी, इरफान देवान, अलीजान अंसारी, एकरामूल अंसारी लगायतको सक्रिय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...