Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नेकपा महानगर कमिटीद्वारा वीरगंजमा काेराेना परिक्षण केन्द्र स्थापना गर्न माग

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगर कमिटीले वीरगंजमा काेराेना परिक्षण केन्द्र स्थापना गर्न मांग गरेकाे छ ।

नेकपा वीरगंज महानगर इन्जार्ज दिनेश राई, अध्यक्ष रहबर अन्सारी र सचिव विश्वम्भर कुमार शर्माले संयुक्त रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै वीरगंज स्थित नारायणी अस्पतालमा काेराेना परिक्षण केन्द्र स्थापना गर्न मांग गरेका हुन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे नाेभेल काेराेना भाइरस (काेभिड १९) राेकथाम तथा नियन्त्रणकाे लागि नेपालकाे मुख्य प्रबेशद्वार र बारा, पर्सा आधाेगिक करिडाेर पनि भएकाे हुदा वीरगंजमा काेराेना परिक्षण अति आवश्यक भएकाेले यथासिघ्र स्थापना गरिदिन माग गरिएकाे नेपाका वीरगंज महानगर अध्यक्ष अन्सारीले वताउनु भयाे ।

काेराेना परिक्षणकाे लागि बागमती प्रदेशकाे हेटाैडा जानु परिरहेकाे परिस्थितीमा बारा, पर्सा र राैतहटलाई आधार बनाई, वीरगंज नेपालकाे मुख्य नाका समेत भएकाे र बारा, पर्सा आधाेगिक करिडाेर समेत भएकाे हुदा वीरगंजमा रहेकाे नारायणी अस्पतालमा काेराेना परिक्षण केन्द्रकाे अति आवश्यक भएकाे पत्रमा समेत लेखिएकाे छ ।

नेकपा महानगर कमिटीले चैत २९ गते लेखेकाे पत्र प्रदेश २ सरकार, नेकपा प्रदेश २ कमिटी र नेकपा केन्द्रिय कमिटीलाई समेत बाेधार्थ गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...