25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

नागमणी पटेलद्वारा नारायणी अस्पतालाई मेडिकल सामग्री सहयाेग

वीरगंज । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश-२ का ईन्चार्ज नागमणी पटेलले आज  नारायणी अस्पताललाई काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मेडिकल समान सहयोग गर्नु भएको छ ।

उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुन ´अन्नत` काे निजी सचिव समेत रहेका पटेलले नारायणी अस्पताललाई काेराेना भाइरस नियन्त्रण तथा राेकथामाकाे लागि रु २ लाख बराबरकाे मेडिकल समान सहयाेग गर्नु भएकाे अस्पतालका डा. उद्य नारायण सिंहले वताउनु भयाे ।

अखिल नेपाल चिकित्सक संघ, २ न. प्रदेश संयोजक डा. सिंह मार्फत पटेलले अस्पताललाई पिपिई १० थान,  सर्जिकल गल्बस १०० पिस,  सर्जिकल मास्क १०० पिस, थार्मामिटर १० पिस, सेनिटाइजर ५०० एमएल ३ पिस र सेनिटाइजर १०० एमएमल १० पिस सहयाेग गर्नु भएकाे अनेरास्ववियुका बिदार्थी नेता इशक कुमार पासवानले वताउनु भयाे ।

डा. सिंह र अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ वीरगंज महानगरका अध्यक्ष करन पटेलले नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायलाई साे मामग्री हस्तान्तरण गर्नु भएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.546 sec. Memory consumption:82.5 mb