Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

अलाैंमा सर्बदलिय समितिद्वारा राहत वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. १७ अलौंमा आज सर्वदलिय समितिले राहत वितरण गरेकाे छ । जिल्ला समन्वय समिति पर्साका सदस्य समेत रहेका स्थानिय आमोद यादवको अध्यक्षतामा बनेको सर्बदलिय तथा सर्बपक्षीय समितिले राहत वितरण गरेकाे हाे ।

लकडाउमा समस्यामा परेकाे अति गरिब परिवारलाई प्रति घरदुरी १५ किलो चामल, आधा किलो दाल, आधा लिटर खाने तेल, २५०ग्राम सोयाबिन र एक प्याकेट नुन वितरण गरिएको स्थानिय अजय साहले वताउनु भयाे ।

वडा कार्लायालयई महानगरले बजेट पठाएपनि अहिले सम्म वडाध्यक्षले राहत वितरण नगरे पछि  वडा वडाध्यक्ष मुख नताकी  सर्बपक्षिय समितिले विभिन्न दाताहरुबाट खाद्यान्न सामग्री सहयोगमा लिएर वडा अन्तर्गतकाे अति गरिब, निमुखा, दैनिक ज्यालादारी मजदुरी गरी हात मुख जोडन समेत अप्ठ्यारो हुने करिब १ सय परिवारलाई राहत वितरण गरिएकाे वताइएकाे छ ।

साबिक गाबिस अलौको वडा नं. १ देखी ९ सम्मको साबिक वडाहरुमा सर्बदलिय उप समितिहरु बनाई, उक्त समितिले सिफारिस गरेको गरिब निमुखाहरुलाई राहत वितरण गरिएकाे र यो राहत वितरण निरन्तर चलिरहने समितिले जनाएकाे छ ।

यादवको अध्यक्षतामा बनेको उक्त समितिमा नेकपा ईकाइ अध्यक्ष गङ्गाधर महतो, नेकाका ओम कृष्ण लामिछाने, राजपाका शन्कर साह कानु, राप्रपाका सुमेश्वर नाथ उपाध्याय, युनिभर्सल युनाइटेड कल्बका अध्यक्ष राजेश पटेल, स्थानिय गैर सरकारी संस्थाका प्रतिनिधिहरु रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...