25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

अलाैंमा सर्बदलिय समितिद्वारा राहत वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. १७ अलौंमा आज सर्वदलिय समितिले राहत वितरण गरेकाे छ । जिल्ला समन्वय समिति पर्साका सदस्य समेत रहेका स्थानिय आमोद यादवको अध्यक्षतामा बनेको सर्बदलिय तथा सर्बपक्षीय समितिले राहत वितरण गरेकाे हाे ।

लकडाउमा समस्यामा परेकाे अति गरिब परिवारलाई प्रति घरदुरी १५ किलो चामल, आधा किलो दाल, आधा लिटर खाने तेल, २५०ग्राम सोयाबिन र एक प्याकेट नुन वितरण गरिएको स्थानिय अजय साहले वताउनु भयाे ।

वडा कार्लायालयई महानगरले बजेट पठाएपनि अहिले सम्म वडाध्यक्षले राहत वितरण नगरे पछि  वडा वडाध्यक्ष मुख नताकी  सर्बपक्षिय समितिले विभिन्न दाताहरुबाट खाद्यान्न सामग्री सहयोगमा लिएर वडा अन्तर्गतकाे अति गरिब, निमुखा, दैनिक ज्यालादारी मजदुरी गरी हात मुख जोडन समेत अप्ठ्यारो हुने करिब १ सय परिवारलाई राहत वितरण गरिएकाे वताइएकाे छ ।

साबिक गाबिस अलौको वडा नं. १ देखी ९ सम्मको साबिक वडाहरुमा सर्बदलिय उप समितिहरु बनाई, उक्त समितिले सिफारिस गरेको गरिब निमुखाहरुलाई राहत वितरण गरिएकाे र यो राहत वितरण निरन्तर चलिरहने समितिले जनाएकाे छ ।

यादवको अध्यक्षतामा बनेको उक्त समितिमा नेकपा ईकाइ अध्यक्ष गङ्गाधर महतो, नेकाका ओम कृष्ण लामिछाने, राजपाका शन्कर साह कानु, राप्रपाका सुमेश्वर नाथ उपाध्याय, युनिभर्सल युनाइटेड कल्बका अध्यक्ष राजेश पटेल, स्थानिय गैर सरकारी संस्थाका प्रतिनिधिहरु रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.821 sec. Memory consumption:82.5 mb