Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

भारतीय सञ्चारमाध्यमकाे समाचार प्रति जालिम मियाँकाे आपत्ति

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर निवासी जालिम (मुखिया) मियाँले भारतिय संचारमाध्यमले प्रसारण गरिरहेकाे समाचारमा कुनै किसिमकाे सत्यता नरहेकाे वताउनु भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष समेत रहेका मियाँले भारतीय सञ्चारमाध्यमले प्रशारण गरेको समाचारप्रति आपत्ति जनाउदै त्यसमा कुनै किसिमकाे सत्यता नरहेकाे वताएका हुन्। कालिका टाइम्ससंग कुरा गर्दै मियाँले समाचारका अनुसार आफ्नाे कंही कतै सलंगनता ठहर भए सजाए पनि भाेग्न तयार रहेकाे वताउनु भयाे ।

भारतीय सञ्चारमाध्यमले मियाँको नाम किटेरै भारतमा कोरोनाको संक्रमाण फैलाउन शंकास्पद बिरामी पठाएको भनेर खबर प्रशारण गरेका छन् । केही भारतिय टिभिहरुले मियाँकाे फाेटाे समेत देखाउदै गम्भीर प्राकृतिकाे आराेप लगाएका हुन् ।

विभिन्न भारतीय सञ्चारमाध्यमले यस बियमा समाचार प्रकाशन गरे पछि नेपालमा पनि याे विषयले चर्चा पाइरहेको छ ।

आफू स्थानीय सरकार प्रमुख भएको र अहिले कोरोना संक्रमण फैलन नदिन विभिन्न काम गरिरहेका बेला भारतीय सञ्चारमाध्यममा आफू विरुद्ध षड्यन्त्रपूर्वक ढंगले खबरहरु प्रशारण भइरहेको भन्दै यसमा कुनै पनि सत्यता नरहेको मियाँकाे दावी छ ।

आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई जानकारी समेत गराइसकेको भन्दै उहाँले वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासबाट यस बारे मलाई फाेन समेत आएकाे र मैले भारतिय संचार माध्यमले प्रसारण गरिरहेकाे समाचारमा कुनै सत्यता नरहेकाे वताउनु भयाे ।

नेपालकाे सप्तरी जिल्लामा भएकाे मुस्ली समुदायकाे भेलाबाट आएका केही जमातीहरुलाई  मात्र आफुले स्थानिय प्रशासनकाे समन्वयमा क्वारेन्टाइनमा पठाएकाे वताउनु भयाे ।

अहिले विश्व नै कोरोनाको संक्रमणबाट कसरी जोगिने भनेर लागिरहेका बेला आफूले फैलाउने भन्ने बारे सोच्न पनि नसकिने भन्दै उहाँले आफ्नो चरित्र हत्या गर्ने गर्न सडयन्त्र भएकाे वताउनु भयाे । अहिले म आफै गाउँवासीलाई काेराेनाबाट जाेगाउन लागि परेकाे समेत वताउनु भयाे ।

अहिले आफु गाउँपालिका मै राहत वितरणकाे तयारीमा रहेकाे वताउँदै मियाँले चाँडै नै आफुले पत्रकार सम्मेलन गरी समाचारकाे खण्डन गर्ने वताउनु भयाे ।

भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४०/५० जना कोरोनाका संकास्पद बिरामी मियाँले भारत पठाएको दावी गरिएको छ । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ ।

जिल्ला अध्यक्ष विश्वास भाजनले पठाएको गोप्य पत्रमा मियाँ हतियारको अबैध कारोबारी तथा जालि नोटको कारोबारीमा समेत संलग्न रहेको दावी गरिएको छ ।

यसअघि एसएसबीले जिल्ला अध्यक्षलाई पत्र लेख्दै जालिम मुखियाले कोरोनाको शंकास्पद बिरामी भारत पठाएको भन्दै गोप्य जानकारी गराएको थियो ।

एसएसबी र जिल्ला अध्यक्षको पत्रको हवाला दिँदै भारतीय सञ्चारमाध्यमले जालिम मियाँले भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र गरिरहेको भन्दै समाचार प्रशारण गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...