Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

खाध गाेदाममा प्रहरीकाे छापा, अवैध रुपमा राखिएकाे मल बरामद

spot_img
spot_img

वीरगंज ।  बाराकाे प्रसौनी गाउँपालिका वडा नं.५ प्रस्टोका स्थित एक खाध गाेदामा प्रहरीले छापा मार्दै ३९ बाेराे अवैध मल बरामद गरेकाे छ ।

इलका प्रहरी कार्यालय प्रसाैनीकाकाे टाेलीले स्थानिय शम्भु साह र रमेश साहकाे खाध गाेदामा छापा मार्दै साे परिमाणकाे अवैध मल बारामद गरेकाे हाे । इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादव नेतृत्वकाे प्रहरी टोलीले साे गाेदाममा ताल्चा लगाई सुरक्षित राखिएकोमा ५० के.जी.का २९ बोरा युरिया र १० बोरा डि.ए.पी. मल बरामद गरेकाे हाे । 

प्रसौनी ६ स्थित ऋषि बाल्मिकी कृषि सहकारी संस्थाबाट युरिया तथा डि.ए.पी. मल खरिद गरी बेच्ने उदेश्यले लगि लुकाई छिपाई राखेको सुचनाकाे आधारमा छापा मार्दा बरामद भएकाे मल जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरीले जनाएकाे छ ।

अनुसन्धानको क्रममा बुझ्दा आधिकारी रुपमा दर्ता रहेका अनुमति प्राप्त कृषि सहकारी संस्थाहरूले मात्र कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल खरिद गरी सोझै किसानलाई बिक्री गर्नु पर्नेमा निज शम्भु साह र रमेश साहलाई ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा मल उपलब्ध गराएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

यस सम्बन्धमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भईरहेको प्रहरी कार्यालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...