Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

भारत गएका सांसद यादवसहित ४ जनालाई क्वारेन्टाइनमा राखियाे

spot_img
spot_img

वीरगंज । नेपालीको अवस्था बुझ्न भन्दै भारतकाे क्वारेन्टाइन पुगेका पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवलाई क्वारेन्टाइनमा राखिएकाे छ ।

भारतकाे रक्साैल स्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुसंग बुधबार भेटन गएका सांसद यादवलाई क्वारेन्टाइनमा राखिएकाे पर्साका प्रमुख जिल्ला अधिकाकारी बिष्णु कुमार कार्कीले वताउनु भयाे । सांसद यादव सहित उहाँसंग सिमापारी गएका २ जना पत्रकार र एक जना ड्राइभर गरी ४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएकाे अधिकारी कार्कीले जानकारी गराउनु भयाे ।

यस अघि भारतकाे क्वारेन्टाइन पुगेका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न माग समेत उठेकाे थियाे । क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई भेटेर आएपछि यादव सहित उहाँसंग गएका सबै जनालाई क्वारेन्टाइनमा राख्नु पर्ने माग उठेकाे थियाे ।

संबिधान सभा सदस्य बिचारी यादबले क्वारेन्टाइनमा पुगेका सांसद सहित सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नुपर्ने र विरगञ्जमा कोरोना भाइरस भित्रिएमा यसको जिम्मेवारी प्रजिअले लिनुपर्ने बताउनु भएकाे थियाे । उहाँले लकडाउनको समयमा प्रजिअबाट चरम लापार्वाही भएको भन्दै यस विषयमा गृह प्रशाशनले छानबीन गरी प्रजिअलाई तुरुन्तै कार्वाही गर्न माग समेत गर्नु भएकाे थियाे ।

यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अनिल रुगंटाले लकडाउनकाे समयमा सिमा पारी जानु कार्य गलत भएकाे वताउनु भएकाे थियाे । उहाँले सब भन्दा पहिला त स्थानिय प्रशासनसंग अनुमती लिएर जानु पर्छ तर त्यसमा पनि लकडाउनकाे समयमा यदी प्रशासन कै अनुमतीमा सांसद यादव भारतकाे क्वारेन्टाइन पुुग्नु भएकाे छ भने त्याे प्रशासनकाे गलती भएकाे वताउनु भएकाे थियाे ।

यसकाे जवाफ प्रशासनले दिनु पर्छ भन्दै रुगंटाले वास्तवमा उहां संक्रमितसंग भेटर आउनु भएकाे छ भने यादव सहितकाे समुहलाई क्वारेन्टाइनमा राख्नु पर्ने माग गर्नु भएकाे थियाे ।

यस्तै नेकपा विरगञ्ज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले सांसद यादव लकडाउनको उल्लंघन गर्दै भारतीय क्वारेन्टाइन गएको र फर्किएपछि क्वारेन्टाइनमा नबसेकाले स्थानिय बासीन्दा त्रसित भएको बताएका थिए । उहाँले संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दै नागरिकलाई घरमा नै बस्न आग्रह गरिरहेक अवस्थामा न्युनतम सुरक्षा समेत नअपनाईकन कोरोना प्रभावित देशको क्वारेन्टाइन भित्र जानु गम्भिर गल्ति भएको बताउनुभयो ।

भारतमा संक्रमण तीब्र देखिन सुरु भएताका नै ती नेपालीहरु नेपाल फर्किएका थिए तर लकडाउनका कारण उनीहरु सिमापारी नै रोकिए । भारतीय क्वारेन्टाइनमा रुकुमका १२ जना पुरुष, एक महिला र करिव एक वर्षका बच्चा रहेका छन्  ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरु सम्भावित संक्रमित हुन् त्यसैले उनीहरुलाई १४ दिनसम्म कसैलाई भेट्न दिईदैन । स्वास्थ्यकर्मीहरुले पनि स्पास्थ्य परीक्षण गर्दा पीपीई प्रयोग गरेर मात्रै भेट्ने तथा चेकजाँच गर्नुपर्दछ । यसअघि चीनबाट उद्दार गरि ल्याइएका बिद्यार्थीहरुलाई खरिपाटी क्वारेन्टाइनमा राख्दा १७ दिनसम्म कोही कसैलाई भेट्न दिइएको थिएन ।

सांसद यादवले नेपालीको चिन्ता जताउनु सकारात्मक रहेपनि अहिलेको अवस्थामा भीड सहित न्यूनतन सुरक्षा समेत नअपनाई क्वारेन्टाइन जानु र प्रत्येकलाई भेट्नु भनेको संक्रमण भित्र्याउन उद्रत भन्दै नेताहरुले चिन्ता जनाएका थिए ।

यसै बिच गृह मन्त्रालय समेत जिल्ला प्रशासन कार्यालय पर्सालाई सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...