Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

भारतीय क्वारेन्टाइनमा नेपालका सांसद यादव पुगेपछि…..

spot_img
spot_img

वीरगन्ज । कोराेना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिमापारी भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न बुधवार पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादव त्यहाँ पुगेका छन् ।

भारतमा पनि लकडाउन रहेकोले सिमामा आवतजावत पुर्ण रुपमा अवरुद्ध भएपछि मानिसहरु आउन वा जान पाएका छैन । दुबैतर्फ लकडाउनभएपछि नेपालबाट भारतीय भुमीमा रहेका नागरिकलाई गएर सांसद यादव भेंटेका हुन । रक्सौलस्थित हजारी मल उच्च माध्यमिक बिद्यालयमा त्यहाँको स्थानीय प्रसाशनले क्वारेन्टाइन स्थापना गरेको छ । जसमा रहेका २५ जना मध्ये १५ जना नेपाली नागरिक हुन् ।

उनीहरुलाई त्यहाँ बस्ने, खाने, नियमित स्वास्थ्य जाँचलगायतको सुबिधा उपलब्ध गराइएको छ । रक्सोलस्थित क्वारेन्टाइनमा बसेकाहरुलाइ प्रत्येक जनालाई एउटा खाट, त्यसमा बिछ्यौना, ओढ्ने र झुलको ब्यवस्था गरेको देखियो । बिहान बेलुका खानाकाे समेत प्रबन्ध रहेको उनीहरुले जानकारी गराए ।

त्यसतै त्यहाँस्थित सरकारी अस्पताका डाक्टर शरदचन्द शर्माको नेतृत्वमा मेडिकल टिम समेत खटाइएको छ । रुकुम आठजितकोठ गाउँपालिका घर भएका प्रजित नेपाली मार्च ३१ का दिन रक्सोल सिमामा आइपुगेका थिए । उनीसंग अरु १३ जना रहेका छन ।

अर्को एक जना पटनास्थित होटेलमा काम गर्ने २ युवाहरु पनि त्यहाँ आइपुगेका छन् । भारतीय प्रसाशनले नै यातायातको ब्यवस्थागरी सिमामा उनीहरुलाई ल्याएर पुर्याइदिएको थियो । त्यसपछि उनीहरु क्वारान्टाइनमा बसिरहेका छन् । साँसद यादवले त्यहाँ रहेका नेपालीहरुसंग भलाकुसारी गरेका थिए ।

साँसद यादवले उनीहरु सकुशल रहेको जानकारी घर परिवारससम्म पुर्यादिने बताएपछि क्वारेन्टाइनमा रहेका नेपाली खुसी भएका थिए । सम्पर्क नम्बर लगायत बिवरण उनीहरुले नेपाली साँसदलाई दिन पाउदा हर्षित देखिए । ‘नेपाल सरकारलाई र हामी सबैलाई भारतमा बसेका नेपालीहरुको चिन्ता छ, अहिले बिशेष परिस्थिती भएको हुनाले जो जहाँ छ त्यही सुरक्षित रुपमा बस्न बाध्यता छ,’ साँसद यादवले भने, ‘समान्य अवस्था हुने बितिकै तपाइहरु आ आफ्नो ठाउँमा जान पाउनु हुनेछ ।’

उनीहरुले यहाँ बसाई सुबिधापुर्ण रहेको र कुनै असहजता नभएको प्रतिक्रिया दिए । साँसद यादवले क्वारेन्टाइनमा रहेकाहरुलाई आफ्नोतर्फबाट सेनिटाइजर, मास्क, फलफुल, चिउरा, बिस्कुट, बिकाजी भुजिया, जुस र खानेपानी लगायत सामग्री समेत दिएका थिए ।

उक्त अवसरमा एसएसबिका कमान्डेन्ट राजकुमार कुमावत, प्रखण्ड बिकास पदाधिकारी कुमार प्रशान्त, रक्सोल नगर कार्यपालिकाका अधिकृत गौतम आनन्द, भुमी उपसम्हारता मनिस कुमार लगायतको उपस्थिती रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...