Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

spot_img
spot_img

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पाँच हजार बजार मूल्य पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ । उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको महाशाखा स्रोतले जानकारी दियो।

कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

जगदम्बाका संचालक अग्रवाल मेडिकल सामग्री बिक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट उक्त ग्रुपले सामग्री ल्याएको थियो। विभिन्न व्यवसायीको सामान लिन चीन उडेको नेपाल एयरलाइन्सको जहाजमा उक्त कम्पनीले  सेटिङ गरेर आफ्नो सामान मात्रै ल्याएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...