Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026

सर्बदलिय समितिकाे लागि नेकपा महानगरले प्रतिनिधि पठायाे

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगर कमिटीले राहत वितरण सम्बन्धमा हुने सर्बदलिय बैठककाे लागि सबै वडाहरुकाे प्रतिनिधि चयन गरेकाे छ ।

काेराेना भाइरस संक्रमण (काेभिड १९) राेकथाम तथा नियन्त्रणकाे लागि लकडाउन पालना गर्ने क्रममा उपभाेग्य खाद्यान्न जुटाउन असमर्थ मजदुर, श्रमिक, गरिब तथा आर्थिक रुपमा विपन्न बर्गलाई आवश्यक खाद्यान्न राहत वा अनुदान वितरण गर्ने कार्यकाे लागि सबै वडामा बन्ने सर्बदलिय समितिमा पार्टीकाे तर्फबाट प्रतिनिधि चयन गरिएकाे महानगर अध्यक्ष रहबर अन्सारीले वताउनु भयाे ।

प्रत्येक वडामा काेराेना भाइरस संक्रमण (काेभिड १९) राेकथमा नियन्त्रण तथा उपचारकाे काेष नियमावली २०७६ काे नियम १४ अन्तर्गत बन्ने समितिमा पार्टीकाे तर्फबाट महानगरकाे ३२ वडा कै प्रतिनि चयन गरी वीरगंज महानगरपालिकालाई नमावली पठाइएकाे अंसारीले वताउनु भयाे ।

अध्यक्ष अंसारीका अनुसार क्रमश वडा नं. १ मा साकिर हुसेन, २ मा प्रदिप कुर्मी, ३ मा निरन्जन मिश्रा, ४ मा धिरेन्द्र थापा, ५ मा शुसिल सिंह क्षेत्री, ६ मा सुमित कुमार शर्मा, ७ मा इजहार हुसेन, ८ मा अच्छेलाल कहर, ९ मा श्याम गुप्ता, १० मा अशा गिरी, ११ मा प्रयाग महताे, १२ मा सुरेश गुप्ता, १३ मा हिरा गिरी, १४ मा फरहाद अंसारी, १५ मा गगनदेव पटेल, १६ मा शुनिल गुप्ता, १७ मा रमेश चाैधरी, १८ मा सराेज कुमार पटेल, १९ मा नरेश गुप्ता, २० मा रमकिशाेर सिंहलाई प्रतिनिधि चयन गरिएकाे छ ।

यस्तै वडा नं. २१ मा जलान्धर पटेल, २२ मा प्रभु यादव, २३ मा लालबाबु यादव, २४ मा शंकर राउत पटेल, २५ मा शिवपुजन पटेल, २६ मा हसनैन मियाँ, २७ मा प्रमाेद साह तेली, २८ मा अर्जुन ठाकुर, २९ मा श्रीलाल साह, ३० मा कुरर्आन अलि देवान, ३१ मा हरेराम साह र ३२ मा वजिर अंसारीलाई चयन गरिएकाे वीरगंज महानगर कमिटीका सचिव डा. बिश्वम्भर कुमार शर्माले वताउनु भयाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी

वीरगंज । ‘कमन जेन–जी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारका गतिविधि जनविरोधी, निरंकुश र नागरिक अधिकारमाथि हस्तक्षेपकारी बन्दै गएको आरोप लगाउँदै तत्काल आफ्नो...

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने आदर्श मिश्रामाथि कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाकार आदर्श मिश्रामाथि कानुनी कारबाहीको माग गरेको छ...

वीरगंज महानगरमा छड्के अनुगमन, २० कर्मचारी कार्यकक्षमा अनुपस्थित भेटिए

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले शुक्रबार महानगरका विभिन्न शाखा तथा फाँटमा आकस्मिक (छड्के) अनुगमन...