Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

ग्रामिण भेगकाे क्वारेन्टाइनमा थपिदै

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा फेरी २ जना थपिएका छन् । गाउँपालिकाले भिस्वामा निर्माण गरेकाे २० बेडकाे क्वारेन्टाइनमा हाल ११ जना रहेकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताउनु भयाे ।

भिस्वा स्थित श्री मंगल माध्यमिक विद्यालयमा रहेकाे गाउँपालिकाकाे क्वारेन्टाइनमा पहिला देखी ९ जना रहेकाे र फेरी थप २ जनालाई राखिएकाे अधिकृत साहले जानकारी गराउनु भयाे । क्वारेन्टाइनकाे अनुगमन तथा निरिक्षण गर्दै अधिकृत साहले क्वारेन्टाइनमा रहेकाहरुकाे खाना, नास्ता र स्वास्थ्य परिक्षणमा स्वास्थ्यकर्मीलाई ध्यान दिन निर्देशन समेत दिनु भयाे ।

क्वारेन्टाइनमा राखिएकाहरुकाे गाउँपालिकाकाे तर्फबाट नै खाना, नास्ता लगायतकाे सम्पूर्ण थाेककाे प्रबन्ध गरिएकाे उहाँले जानकारी गराउनु भयाे ।

यस्तै कालिकामाई गाउँपालिकाकाे क्वारेन्टाइनमा ४ जना थपिएका छन् । गाउँपालिकाले निर्माण गरेकाे ८ बेडकाे क्वारेन्टाइनमा हाल ६ जना रहेकाे स्वास्थ्य चाैकी बिरन्चीबर्वाका प्रमुख निरन्जन चाैरसियाले वताउनु भयाे ।

जसमा भारतबाट आएका हरिहरपुरका २ जना पहिला देखि नै रहेकाे र फेरी बिरन्चिबर्वाका जनकपुरबाट आएका ३ जना र काठमाण्डाैबाट आएका एक जनालाई राखिएकाे प्रमुख चाैरसियाले जानकारी गराउनु भयाे ।

श्री नेरा प्रावि हरिहरपुरमा बनाईएको क्वारेन्टाइनमा इन्फ्रारेड थर्मोमिटर सहितको सुबिधा रहेको गाउँपालिकाले जनाएको छ ।

बहुदरमाई नगरपालिकाकाे वडा नं. २ श्री नेरा आधारभुत विद्यालयमा तयार भएकाे क्वारेन्टाइन । तस्बिर : कालिका टाइम्स

यता बहुदरमाई नगरपालिकाकाे वडा नं. २ मा पनि क्वारेन्टाइन निर्माण गरिएकाे छ । श्री ने.रा. आधारभुत बिद्यालय सिसियाडी बैरियामा नगरपालिकाबाट १० बेडकाे सुबिधा सम्पन्न क्वारेन्टाइन तयार भएकाे विद्यालयका प्रअ विजय साहले वताउनु भयाे ।

खाना, नास्ता, पानीकाे सुबिधा सहित सरसफाइ राम्राे भएकाे क्वारेन्टाइन तयार भएकाे प्रअ साहले जानकारी गराउनु भयाे । तयार भएकाे क्वारेन्टाइनमा २४ घण्टा स्वास्थ्यकर्मीकाे निगरानीमा राखिने र सुरक्षाकाे लागि प्रहरी समेत खटाइने उंहाले वताउनु भयाे ।

तयार भएकाे क्वारेन्टाइनकाे वडाध्यक्ष लगायतकाे एक टाेलीले अनुगमन समेत गरेकाे छ । अनुगमनकाे क्रममा वडाध्यक्ष जितेन्द्र पटेलले तयार भएकाे क्वारेन्टाइनमा अझै १० बेड थप गरी २० बेडकाे बनाइने वताउनु भयाे । साे अवसरमा स्वास्थ्य अधिकृत बिदुर उप्रेती, नगरपालिकाका प्रतिनिधि संजय साह, स्थानिय शिक्षक प्रदिप कुमार साह समेत उपस्थिती रहेकाे थिए ।

यस्तै धाेबिनी गाउँपालिकाले पनि २० बेडकाे क्वारेन्टाइन बनाएकाे छ । श्री कालि प्रसाद लेखा मावि लंगडीमा बनाइएकाे क्वारेन्टाइनमा ६ जना रहेकाे गाउँ कार्यपालिका कार्यालयले जनाएकाे छ ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ (काेराेना भाइरस) संक्रमणबाट बाच्न पालिकाहरुले क्वारेन्टाइन बनाएर सावधानी अपनाएका हुन् । पालिकाहरुले बाहिरबाट आएकाहरुलाई स्थानिय स्तर कै क्वारेन्टाइनमा केही दिन राखी काेराेना भाइरसबाट बाच्न सावधानी अपनाएकाे देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...