Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्रहरीले थप ९ जमातीहरुलाई नियन्त्रणमा लिएर कलैयाकाे क्वारेन्टाइनमा पठायाे

spot_img
spot_img

वीरगंज । बाराको फेटा गाउँपालिकाकाे वडा नं. ५ जोतपुर गमरियाबाट ९ जना मुस्लिम समुदायका (जमाती) हरुलाई प्रहरीले    नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय प्रसाैनीले भारतबाट नेपाल प्रबेश गरी लुकीछिपी बस्दै आएकाे ९ जना जमातीहरु नियन्त्रणमा लिएकाे हाे । लकडाउनमा भारतबाट खुल्ला सिमा नाका भएर लुकीछिपी प्रबेश गरेका जमातीहरुलाई नियन्त्रणमा लिएर कलैयाकाे क्वारेन्टाइनमा पठाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले सप्तरीकाे महादेवा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ५५ वर्षीय महम्मद जिवरेल, २९ वर्षीय रोजिद शेष, सोही जिल्लाको कञ्जनपुर नगरपालिका वडा नं. ९ बस्ने ६४ वर्षको सफिद मियाँ, ५२ वर्षको तजबुल मियाँ, ६४ वर्षीय मोहम्मद सफिज रहमान, ४८ वर्षका मोहम्मद वकिल मियाँ, १८ वर्षको मोहम्मद खुर्सेद, ४८ वर्षीय मोहम्मद जाकिर तथा ६३ वर्षीय मोहम्मद इसराइज मियाँलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएकाे हाे ।

प्रहरी नियन्त्रणमा परेका जमातीहरु लकडाउनमा भारतबाट आफुहरु आएकाे वताए पनि दिल्ली स्थित आयोजित मुस्लिम समुदायको धार्मिक सभामा सहभागी नभएकाे वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...