Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

लकडाउनमा पर्साकी एसपी गंगा पन्तकाे अनुभव

spot_img
spot_img

सुरुका दिनमा नागरिकले लकडाउनलाई नबुझेको जस्तो देखियो। दिनभरी बन्द भएपनि साँझ उनीहरु बाहिर निस्किन्थे। पर्सा मुख्य नाका भएको हुनाले आउजाउ पनि बढी हुन्छ। सामान ढुवानीलाई जारी राख्नु पर्ने अवस्था छ। जसका कारण एउटा मान्छे अर्को मान्छेको सम्पर्कमै नआउने व्यवस्था गर्न समस्या भयो।

अरु निषेधआज्ञा, कफ्र्युमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पथ्र्यो। तर यो आफैं अनुशासनमा बस्नु पर्ने अवस्था हो। जसका कारण सुरक्षा निकायले अलि बढी कसरत गर्नु पर्‍यो। मुख्य नाका भएकोले अन्तभन्दा अलिबढी खुला छोड्नुपर्‍यो। धेरै गाडी भित्रिने र बाहिरिने हुन्छन्। जसलाई आम मानिसले सामान्य भएको हो कि भने जसरी बुझ्छन्।

मास्क, स्यानिटाइजर बनाउने उद्योग सञ्चालन गर्नु पर्ने, खाद्य, तरकारी पसलहरु पनि खुल्ला राख्नु पर्ने र त्यहाँसम्म जान दिनु पर्ने यी सबै कुरालाई सँगसँगै लैजान मेहनत बढी गर्न पर्‍यो। खुल्ला सिमाना र घर फर्किएका आफन्तलाई रोक्नु पर्दा गाह्रो हुने रहेछ।

रोजगारीबाट फर्किएकाहरु आफ्नो घर पुग्न चाहन्छन् तर हाम्रो दायित्व उनीहरुलाई पनि फर्काउनु पर्ने छ। पर्सामा नेपाल–भारत सीमा १ सय ७ किलोमिटर छ जहाँ १३ ठाउँबाट भारतका विभिन्न भागमा आवतजावत गर्न सकिने अवस्था छ। बसाइ पनि उस्तै छ। यता बस्नेको पारि व्यवसाय छ। किनमेलका लागि पनि कतै वारि कतै पारि जानु पर्ने अवस्था छ। स्वास्थ्य सेवा लिनका लागि पनि वारिका मान्छे पारि जाने अवस्था छ।

यसलाई सकेसम्म बुझाएर र नभए जबर्जस्ती पनि गर्नु पर्ने अवस्था छ। पहिलेका भन्दा धेरै स्थानमा ड्युटी गरिरहेका छौं। सुरुमा सम्झाइबुझाइ गरेर पठाउने, नभए होल्डमा राख्दिने र त्यो पनि नभए संक्रामक रोग ऐन अनुसार कारबाही पनि गरिरहेका छौं।

जोखिमका हिसाबले त सबैभन्दा जोखिममा नै प्रहरी छ। आफ्नो मात्रै सुरक्षा गरेर भएन। अरुलाई पनि जोगाउनु पर्ने र शान्ति सुरक्षा पनि कायम गर्नुपर्ने अवस्था छ। कुनै घटना हुन्छ, मान्छे पक्राउ गर्नु परिहाल्छ। बोर्डरमा पनि जबर्जस्ती छिर्न खोज्नेलाई रोक्नु पर्‍यो। प्रहरी पनि यस्ता कुरामा अभ्यस्त छैन। हाम्रा लागि पनि यो नयाँ भयो, सबैले बुझेका छैनन्।

हामीले पनि सकेसम्म त जोगिन खोजेका छौं। दूरी कायम गर्न लाठीको प्रयोग गरिरहेका छौं, सरकासफाइ पनि बढाएका छौं।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तकाे अनुभवमा अधारित ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...

भारतमा ९६० किलो चकलेटसहित बाराका ६ जना पक्राउ

बारा । भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ९६० किलो चकलेटसहित बाराका ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। भारतको...