Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

कांग्रेसका नेता रुगंटाद्वारा नारायणी अस्पताललाई उपकरण सहयोग

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता एवं उद्योगपति अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराएका छन् ।

निजी अस्पतालहरुले समान्य ज्वरोका विरामीलाई समेत भर्ना लिन नमानेपछि एक मात्र सरकारी अस्पतालमा विरामीहरुको चाप बढ्न थालेपनि उपकरणको अभावमा उपचारमा समस्या देखिएकोले तत्काल केहि उपकरण उपलब्ध गराएको उनले बताए ।

शुक्रबार अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालका मेसु डा. मदन उपाध्यायले निजि अस्पतालमा विभिन्न बहानामा विरामीहरुलाई भर्ना लिन नमानेपछि यहाँ ह्वातै विरामीको संख्या बढेको बताएका थिए । थप उपकरणहरुको अभावमा गम्भीर प्रकृतीका विरामीलाई यहाँबाट बाध्य भएर रेफर गर्नु परेको गुनासो गरेका थिए ।

मेसुको गुनासो सुनेपछि नेता रुगंटाले तत्काल ३ थान ग्यास आपुर्ती गर्ने अक्सिजन कनर्सन्ट्राक्टर उपलब्ध गराउँन प्रतिबद्धता जनाउँदै यसको खरिदको लागि आवश्यक प्रकृया शुरु गर्न सुझाव दिए । उनले भने, ‘भोलीदेखि नै यसको खरिद प्रकृयामा लागि हाल्नुस् यसमा लाग्ने सम्पूर्ण खर्च आफूले नै व्यवहेर्ने छु ।’

अक्सिजन केन्द्र एक यस्तो उपकरण हो जसले ग्यास आपूर्ति (सामान्यतया वातावरणीय हावा) बाट अक्सिजनलाई केन्द्रित रूपमा नाइट्रोजन हटाएर एक अक्सिजन समृद्ध उत्पाद ग्यास प्रवाहलाई आपूर्ति गर्न नाइट्रोजन निकाल्छ र एउटा मेसिनले सातवटा बेटलाई आपुर्ती गर्न सक्छ मेसु. डा. उपाध्यायले बताए ।

अहिले कोरोनाको संक्रमण चपेटामा पुरै विश्वनै परेको छ । नेपालमा पनि ६ जनामा पोजेटिभ भेटिएको छ । पूर्व सासंद समेत रहेको नेता रुगंटाले भने, आवश्यक परे अस्पतालको प्रसुती गृहको खाली रहेको तेश्रो तल्लामा आइशोलेसनको लागि सम्पूर्ण व्यवस्था मिलाउन तयार रहेको छु ।
मेसु डा. उपाध्यायलाई अस्पतालमा आउने विरामीलाई सहघन उपचार हुनुपर्छ यहाँबाट उपकरणको अभाव अथवा कुनै पनि बहानामा अन्तै रेफर नगर्न सुझाव दिँदै उनले भने,‘तपाई हामीलाई भन्नुस् के को व्यवस्था मिलाउनुपर्छ त्यसको लागि २४ औं घण्टा सहयोग गर्न हामी तयार छौं ।’

उनले अस्पताललाई सेनेटाईजर गर्नको लागि आवश्यक किटनाशक औषधि समेत उपलब्ध गराएका थिए । अत्यन्तै महंगो मूल्य पर्ने करिब ३५ लिटर किटनाशक औषधि उपलब्ध गराएर अस्पतालको सम्पूर्ण भागलाई सेनेटाईजर गरिएको थियो ।

अस्पतालको अनुगमन गर्ने क्रममा कांग्रेसका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती जर्नाधन सिंह क्षेत्री, अस्पतालका चिकित्सक डा. विरेन्द्र प्रधान, डा. उदयनारायण सिंह लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...