Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

राहत वितरणकाे बिषयमा भएकाे झडपका दाेषी ५ जनामाथी मुद्दा दर्ता

spot_img
spot_img

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं १९ बर्वामा राहतकाे बिषयलाई लिएर भएकाे झडमा दाेषी देखिएका ५ जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेकाे छ ।

स्थानिय जगन प्रसाद यादव, विकाश कुमार यादव, सञ्जय प्रसाद यादव, राजु यादव र  सुरेन्द्रप्रसाद यादव बिरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको हाे ।

इलाका प्रहरी कार्यालय पोखरियाले उनीहरु बिरुद्ध मुद्धा चलाएको हो । राहत बितरणकालागि नामावली संकलनको क्रममा भएको बिवादमा कुटपीटमा संलग्न पाँच जना बिरुद्ध सार्वजनीक अपराधको मुद्धा दर्ता गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

राहत वितरणको लागि नाम संकलन गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बरवा टोलमा प्रभू यादव र उपेन्द्र यादव पक्षवीच कुटाकुट भएको थियो ।  कुटाकुटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेका थियो ।

पक्राउ गरिएका मध्य पाँच जनाविरुद्ध मुद्दा चलाइएको र अन्य दुई जनालाई भने अनुसन्धान पश्चात छाडिएको प्रहरी निरिक्षक सिंहले बताउनु भयो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...