Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

लकडाउनले रामनवमीकाे अवसरमा लाग्ने विभिन्न मेला पनि प्रभावित

spot_img
spot_img

वीरगंज । लकडाउनका कारण यस बर्षकाे रामनवमीकाे अवसरमा लाग्ने विभिन्न मेलाहरु पनि प्रभावित भएका छन् ।

बिश्वब्यापी महामारीकाे रुपमा फैलिएकाे कोरोना भाईरस संक्रमण राेकथामकाे लागि भएकाे लकडाउन कारण रामनवमीकाे अवसरमा लाग्ने पर्साको ग्रामिण भेगकाे कालिकामाई, छिपहरमाई, खेस्राहा लगायतकाे मेला प्रभावित भएकाे हाे । कालिकामाई गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुर बिर्ताको स्थति कालिकामाई मंदिर, छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ बंजारी स्थित छिपहरमाई स्थानमा, पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ४ खेस्राहामा लाग्ने लगायतका मेलाहरु यस बर्ष नलागेकाे प्रहरीले जनाएकाे छ ।

कालिकामाई मन्दिरमा बिहानको समयमा प्रहरी नपुगे सम्म केही स्थानियहरु मंदिरमा पुजाआजा गर्न भिड लगे पछि सशस्त्र प्रहरी बेस क्याम्प सबैठवा र ईलाका प्रहरी कार्यालय बिरन्चीबर्वाबाट प्रहरी पुगे पछि भगाभाग भएको थियो । प्रहरीले मंदिर परिसर सम्म पुगेहरुलाई पछि मंदिरको सय मिटर टाढाबाट नै पालो पालो ढोगेर जान भने पछि भाखल गरेकाहरुको भागल पुरा गर्न सजिलाे भएकाे थियो ।

केही पसलेहरु बिहान सरसमान मेलामा लग्ने तरखर गरे पश्चात सडकबाट नै पसलेहरुलाई प्रहरीले फर्काएको पसलेहरु बताए । लकडाउनमा घरबाहिर निस्कन नहुने बुझ्दा बुझ्दै स्थानियहरु परम्परालाई कायम गर्ने निष्ठाले पुगे पनि बिश्व र देशको परिस्थिती कोरोनामै भएका कारण भगतजनहरु निरास भई फर्केका र केहीले घरमै ढोग्न बाध्य भएका थिए ।

मंन्दिरको स्थान सम्म प्रहरीले जान नदिए पछि भगतजनहरुले सडक छेउ र खेतको आलीमा प्रसाद, रोटी र हलुवा चढाई घर फर्केको स्थानिय भगतजनहरु बताए । केही भगतजनले लडु, बातासा, बोका, परेवा, हास र मुर्गा भाखे पनि सरसमान नै नपाए पछि चढाउन नसकेकाे र रितै घर फर्केको कालिकामाई गाउँपालिका वडा नमबर २ का बिक्रम महराले बताए ।

आज बिहानै देखी कालिकामाई गाउपालिकाको वडानम्बर ३ हरिहरपुरबिर्ताको कालिकामाई मंदिर र पकहामैनपुर गाउँपालिकाको वडानम्बर ४ खेसा्रहाको रामजानकी मंदिरमा भगतजनहरु पालै पालै आउने र मंदिरमा पुग्न नसकि बाहिरबाट ढोगेर जाने गरेको ईलाका प्रहरी कार्यालय बिरन्चीवर्वाका सहायक प्रहरी निरिक्षक भरत यादवले बताए ।

पकहा मैनपुर गाउँपालिकाकाे खेस्राहामा ५ दिन सम्म लाग्ने मेला पनि यस बर्ष प्रभावित भएकाे स्थानियहरुले वताएका छन् । गाउँपालिका र स्थानिय प्रशासनकाे अवहानमा मेला नलागेकाे हाे । खेस्राहा मेला विगत बर्षमा विभिन्न किसिमकाे मनाेरन्जनात्मक कार्यक्रमकाे समेत आयाेजना हुदै आएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...