Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्रहरीले नियन्त्रणमा लिएकाे २२ मौलवीहरुलाई क्वारेन्टाइनमा राखियाे

spot_img
spot_img

वीरगंज । भारतको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका माैलवीहरुलाई आज वीरगंजकाे क्वारेन्टाइनमा राखिएकाे छ ।

प्रहरीले नियन्त्रणमा लिएकाे पर्साबाट ११ जना र बाराबाट ११ जना गरी २२ जनालाई सिदार्थ माविकाे क्वारेन्टाइनमा राखिएकाे हाे ।

दिल्लीको एक मुस्लिम धर्मशभामा सहभागी भएर फर्किएको आशंकामा पर्साकाे पटेर्वा सुगाैली र जगरनाथपुर गाउँपालिकाबाट ११ जना र बाराकाे बिश्रामपुरबाट ११ जनालाई आज विहान प्रहरीले नियन्त्रमा लिएकाे थियाे । गाउँमा ओहोरोदोहोर गरेपछि गाउँलेहरूले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पर्साकी प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले बताइन ।

स्थानीयहरूले उनीहरू बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा समातेर प्रहरीलाई खबर गरेका थिए । हाल उनीहरूलाई वीरगन्जको महानगरपालिका वाड नम्बर १३ स्थित सिद्धार्थ माध्यामिक विद्यालयकाे क्वारेन्टाइन राखिएको उनले वताइन ।

उनीहरू सबैको स्वास्थ्य परीक्षण हुनेछ । यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा गए नगएको अनुसन्धान हुने प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले वीरगन्ज महानगरपालिकाको सिद्धार्थ माविकाे अलगै क्वारेन्टाइनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

११ जनामध्ये एकजनाले दिल्लीबाट आएको बताए पनि अरुले भारतबाट आएको मात्र भनेकाले अझै विस्तृत जानकारी आइनसकेको उनले बताए । यसका साथै सिद्धार्थ माविकाे क्वारेन्टाइनमा अरू पनि ३ जना भारतबाट आएका मानिसहरुलाई राखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...