Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युवा संघद्वारा गण्डक चौकमा पैदल यात्रुलाई खाजा वितरण

spot_img
spot_img

वीरगंज । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले आज वीरगंजको गण्डक चौकमा राहत स्वरुप खाजा वितरण गरेको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न नेपाल सरकारले लक डाउन गरेपछि नेपालको विभिन्न ठाउँहरुबाट वीरगंज नाका भएर घर फर्किरहेका भारतीय पैदल यात्रुहरुलाई खाजा स्वरुप चाना, भुजा, चाउचाउ, पानीको बोतल वितरण गरेको हो । युवा संघ नेपालका केन्द्रिय सदस्य विकास रौनियारको नेतृत्वमा घर फर्किरहेका ३ सय जना भारतीय यात्रुहरुलाई खाजा वितरण गरिएको युवा संघ वीरगंज नगर कमिटीका सह–संयोजक अनिल पटेलले जानकारी दिनुभयो ।

खाजा वितरण कार्यक्रममा नेकपाका जिल्ला सदस्य श्याम गुप्ता, शंकर महतो, विक्रम आले मगर, सह संयोजक अनिल पटेल, पवन पटेल लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...