Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पकहा मैनपुरकाे क्वारेन्टाइनमा २ जना

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न १० बेडको क्वारेन्टाईन संचालनमा ल्याएको छ ।

पकहामैनपुर गाउँपालिका अन्तरगत रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको दोस्रो तल्लामा १० बेडको क्वारेन्टाईन संचालनमा ल्याएको हो । भारतको केरलाबाट आएका २ जनालाई क्वारेन्टाईनमा राखेर नियमित चेकजाच समेत भईरहेको गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले वताउनु भयाे ।

पकहामैनपुर गाउँपालिका वडा नं.३ का आकाश साह र संतोष साहलाई क्वारेन्टाईनमा राखेर नियमित चेकजाच भईरहेको अध्यक्ष चौरसियाले बताउनुभयो । उनीहरुलाई खानपिनको व्यवस्था गाउँपालिकाले नै मिलाएको अध्यक्ष चौरसियाको भनाई छ ।

पकहामैनपुर गाउँपालिकाले मजदुरीको सिलसिलामा भारत लगायत खाडी मुलुकबाट फर्किने गाउँपालिका अन्तरगतका व्यक्तिहरुलाई १४ दिनसम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिने तथा कोरोना भाईरसको शंका लागेमा वीरगंज स्थित नारायणी अस्पतालको आईसोलेशनमा पठाईने सशस्त्र प्रहरी बल पकहा मैनपुरका प्रहरी निरिक्षक सुमन राना भठले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...