Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

संकटकाे बेला कालिकामाईका जनप्रतिधि सुतिरहेकाे भन्दै जाग्न आग्रह

spot_img
spot_img

 

जनतालाई राहत वितरण गर्ने बेला पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिले आलु ब्यापर गरेको भन्दै स्थानिय एक नेताले बिरोध जनाएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का कालिकामाई गाउँपालिका वडा नं. २ का वडा कमिटी अध्यक्ष माओ प्रसाद कुशवाहले प्रेस विज्ञप्ती जारी गर्दै त्यस्ता कार्यको बिरोध गरेका हुन् ।

उनले प्रेस विज्ञप्ती मार्फत विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमण रोकथामको लागि मुलुक नै लक डाउनमा रहेको बेला दनहु मजुदुरी गरी जिविकोपार्जन गर्ने अति गरिब विपन्न परिवारलाई समस्या हुनु स्वभाविक नै हो । प्रदेश सरकारले त्यस्ता गरिब परिवारको राहत वितरण गर्न प्रत्येक गाउँपालिकालाई रु १० लाख अनुदान दिने पनि घोषणा समेत गरी सकेको छ ।

पर्सा कै केही पालिकाले त्यस्ता परिवारलाई राहत समेत वितरण गरिरहेका छन् । तर पर्सा कै कालिकामाई गाउँपालिका राहत वितरण गर्नुको सट्टा वडा नं. २ भेडिहारीमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद र वडाध्यक्ष सोनालाल चौरसियाले संयुक्त रुपमा आलु पसल संचालनमा ल्याएको वताएका छन् ।

उनले जारी गरेको प्रेस विज्ञप्तीमा स्थानिय एक व्यक्तिको घरबाट गाउँपालिकाबाट प्रति किलो रु ४७ आलु बिक्री भइरहेको कुरा माइकिङ्गबाट सुन्दा अच्म लाग्यो । यस्तो संकटको अवस्थामा राहत वितरण गर्नु पर्ने अथवा गाउँवासीको लागि सुपथ मूल्यमा खाद्यान्न सामग्रीको पसल संचालन गर्नु पर्ने अवस्थामा जनप्रनिनिधिहरुबाट नै नफा कमाउने उद्देश्यले व्यपार खडा गर्नु प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको लेखेका छन् ।

उनले यो कतिको न्याय उचित हो जनताले त्यसको मूल्यांकन गर्ने नै छ । तर यस्तो कार्यको म र मेरो पार्टीले विरोध गरेको यही प्रेस विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छुं प्रेस विज्ञप्ती मार्फत भनेका छन् ।

यसका साथै संक्रमणबाट बाच्न वडाबासीलाई उनले जारी गरेको प्रेस विज्ञप्ती मार्फत आ आफ्नो घर भित्र नै बस्न आग्रह गर्दै यस्तो अवस्थामा अन्य पालिकाका जनप्रतिनिधिहरु आ आफ्नो पालिकाकाको जनताको सेवामा लागेको बेला कालिकामाई गाउँपालिका र वडाका जनप्रतिनिधिहरु सुति रहेको अवस्थामा जाग्न आग्रह गर्दै गाउँवासीको सेवामा लाग्न आग्रह समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...