Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

भिस्वा नाकामा अलपत्र परेका भारतियहरु ८ घण्टा पछि प्रबेश पाए

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रामिण भेगकाे भिस्वा नाकामा अलपत्र परेका दुई सय भन्दा बढी भारतिय कामदारहरु भारत प्रबेश गरेका छन् ।

काठमाण्डाैबाट आज विहान  भिस्वा नाका पुगेका भारतिय कामदाहरुलाई भारतिय प्रहरीले सिमा मै राेकेका थिए । काेराेना भाइरस संक्रमण राेकथामका लागि देश लकडाउनमा रहेकाे भन्दै भारतिय प्रशासनले आफ्नै देशकाे नागरिकलाई प्रबेश गर्न राेकेकाे थियाे ।

प्रशासनले आफ्नै मुलुकमा प्रबेश गर्न नदिए पछि केही बेर भारतियहरु हु हल्ला समेत गरेका थिए । साे कारण सिमामा केही बेर तनाव समेत भएकाे थियाे । कुनै पनि हालतमा प्रबेश गर्न नदिने भारतिय प्रशासनले अडान लिए पछि त्यहाँबाट एक एक गरी विभिन्न खुल्ला सिमा भएर भारतियहरु प्रहरी प्रशासनबाट लुकीछिपी आफ्नाे मुलुकमा प्रबेश गरेकाे हाम्राे समवाददाताले वताएका छन् ।

काठमाण्डाैबाट साेमबारकाे रात्री बसले मंगलबार विहान ४ बजे भिस्वा नाकामा महिला, बच्चा सहित भारतियहरु नाकामा पुगेका थिए । तिनिहरुलाई नेपाल प्रहरीकाे आग्रहमा भिस्वाका व्यापरीहरुले पानी, बिस्कुट, चाउचाउ लगायतकाे खाद्य सामग्री सहयाेग समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...