Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

कोरोना कहर : घरकाे छतमाथी मनाइयो चैते छठ

spot_img
spot_img

वीरगंज । ‘कोभिड १९’ महामारीको असर तराई मधेसमा मनाइने चैते छठ पर्वमा पनि परेको छ । चैते छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामुहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर सोमबार परेको चैते छठ भने कोरोनाको महामारी फैलने डरले महिलाहरूले जलाशयमा नगइ आ-आफनै घरमा छठी माताको प्रतिमा सिरसोता बनाएर मनाएका छन् ।

वीरगन्जमा झण्डै दुइ दर्जन स्थानमा रहेका छठ पूजा व्यवस्थापन समितिले पनि एक साता पहिले नै सार्वजनिक सूचना निकालेर सोमबारको चैते छठ, जलाशयको छटघाटमा नभइ आ-आफनै घरभित्र मनाउन आग्रह गरेका थिए ।

चैते छठ पर्व पनि तराईमा कार्तिकमा मनाइने छठ जस्तै आस्थाका साथ मनाइन्छ । तर कोरोना संक्रमणबाट जोगिन देश नै लक डाउन भएपछि सोमबार महिलाहरू जलाशयमा नगइ आ-आफनो घरमै छठ पर्व मनाएका हुन् ।

केही छठ ब्रतालुहरुले आफ्नाे घरकाे छत माथी सिरसाेता र अर्घ दिने जलासय बनाएर मनाउदै छन् भने केहीले घर भित्र नै छठी माताको प्रतिमा सिरसोता बनाएर चैते छठ मनाइरहेका छन् । भाेली विहान उदाउदाे सुर्यलाई अर्घ दिए पछि छठ पुजाकाे समापन हुने छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...