Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

धाेबिनीमा युवाहरुद्वारा अति गरिब परिवारलाई खाद्यान्न सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदावरा पिपरा र वडा नम्बर २ भीखमपुरमा स्थानिय युवाहरुकाे एक समुहले अति गरिब परिवारलाई खाद्यान्न सामग्री सहयाेग गरेकाे छ ।

स्थानिय १० जना युवाहरु आफै ३५ घरदुरी अति बिपन्न, असहाय, गरीब र दलित परिवारलाई खाद्यान सामग्री बितरण गरेको हाे । लकडाउनका कारण श्रम गरी घरपरिवार चलाउने घरदुरीको मध्यनजर गर्दै युवाहरुले एक आपसमा चन्दा संकल्न गरी अति बिपन्न ३५ घरदुरीहरुलाई ६ किलो चामल, १ किलो नुन, २ किलो भुजा र १ वटा साबुन घर घरमा पुगी बितरण गरिएकाे आदित्य पटेलले बताउनु भयाे ।

स्थानिय हिरन पटेल, अनिल पटेल, संतोष पटेल, रजेन्द्र पटेल, मंगनी चौहान, गणेश राउत, आदित्य पटेल र आसवारी प्रहरीचौकीका ईन्चाज बिरेन्द्र साह लगायतका युवाहरु सहयाेगमा खाद्य सामग्री वितरण गरिएकाे पटेलले जानकारी गराए ।

यस्तै पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगंजमा वडाध्यक्ष नन्दलाल पटेलको अगुवाईमा वडा कार्यालयद्वारा खाद्यान सामग्री बितरण गर्नुका साथै ५ सय २० घरदुरीलाई माक्स र साबुन बितरण गरिएकाे छ । समाजिक कार्यकर्ता मनोज पटेल, बिन्धाचल ठाकुर, योगेन्द्र प्रसाद, ईन्द्रदेव राउत कुर्मी, राजनारायण पटेल लगायतकाले साे सामग्री वितरण गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...