Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युवा संघद्वारा अलपत्र परेका भारतियहरुलाई खाद्यान्न वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल, पर्साले आज तयारी खाद्यान्न वितरण गरेको छ ।

कोरोना संक्रमणका राेकथामकाे लागि नेपाल र भारतमा लकडाउन भएका कारण भारतीय कामदार घर फर्किने क्रममा मितेरी पुलमा अलपत्र परेका सयाैैं जनालाई युवा संघले खाद्यान्न वितरण गरेकाे हाे । मितेरी पुलमा भारतिय कामदारहरु महिला, बच्चा सहित भोकै अलपत्र परेको स्थानीय एक पत्रकारले खबर गरेपछि अकास्मत त्यहां पुगि तयारी खाद्यान वितरण गरिएकाे राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादवले वताउनु भयाे ।

युवा संघ पर्साका संयोजक महम्मद निजामको नेतृत्वमा गएको टोलिले २० कार्टुन पानी, भुजा, बच्चाको लागी बिस्कुट र चाउचाउ वितरण गरेको केन्द्रिय सदस्य यादवले बताउनु भयो । खाद्यान वितरण टाेलीमा केन्द्रिय सदस्य विमल पौडेल, युवा संघका नेता मुकेश पाल लगायतकाे सहभागिता रहेकाे थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...