Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

वीरगंजमा करोना परिक्षण केन्द्र स्थापना नहुनु दुर्भाग्यपूर्ण : द्विवेदी

spot_img
spot_img

वीरगंजलाई नेपाल कै आर्थिक राजधानी र नेपाल कै प्रवेशद्वार भनिन्छ । नेपाल सरकारले वीरगंजबाट हरेक साल अर्बौं खर्बौको रकम राज्स्व मार्फत लिरहेको छ । ईतिहास हेर्दा नेपालमा जुनसुकै सासन ब्यव्स्था होस वीरगंज संग सधै बिभेद गरिएको छ । वीरगंज र पर्सा बासीहरुलाई आर्थिक समाजिक हरेक हिसाबले जहिले पनि कमजोर गर्ने प्रयास गरिएको छ । जुन सुकै पार्टीको सरकार होस सबैले वीरगंजलाई ठग्ने काम मात्र भएको छ ।

नेपाल सरकारले आफ्नो राज्स्व उठाउनको लागि ICP( सुखा बन्दरगाह) ICD (एकीकृत चेक्पोस्ट) निर्माण गर्यो र अझ ठाउँ पुगेन भने सयौं बर्षको ईतिहास बोकेको श्रीसिया(चन्डाल चौक) पुरै गाउँ उठाएर एरिया बिस्तार गर्दै छ । यो सबैको सत्तामा हेर्नु हुन्छ भने वीरगंज ICP( सुखा बन्दरगाह) ICD (एकीकृत चेक्पोस्ट) को चल्ने गाडीहरुको धुलो धुवा खाने बाहेक यहाँको जनताले केहि पाएका छैनन् । यस्ता प्रोजेक्ट चल्दा त्य्स्को केहि प्रतिशत रकम त्यो ठाउँको बिकासको लागि छुटयाइन्छ तर वीरगंजलाई केहि पाइदैन ।

हिजोको दिनमा क्षेत्रीय स्तरको होस्पिटल निर्माण गर्ने बेला हेटौंडालाई गरियो । यहाँका सबै सरकारी कलकरखानाहरु (चिनी मिल कृषि औजार ) बन्द गरियो । वीरगंजका किसानहरुले चिनीमिल, कृषि औजार चलाउनलाई दिएको हजारौ बिघा  जग्गाहरु आज कमिसन खाने हिसाबले बेच्ने खेलभैरहेको कुरा हामी सबैलाई थाहा नै छ । प्रदेशको राजधानि बीरगंज बनाउने भनेर आन्दोलन पनि भयो र सबले बाचा समेत गरे तर बारा र पर्सा बहेकका सबै नेता जनकपुर बनाउने प्रयास गर्दै छ्न् ।

यो मेरो सवतन्त्र बिचार हो र यो म किन लेख्दै छु भने आफु जब देखी राजनीतिकमा आए त्यति बेला देखी मैले एउटा कुरा सधै मलाई के महसुस भयो कि जुन सुकै सरकार होस वा पार्टी भित्र पनि वीरगंजलाई जहिले पनि हेप्ने, पछि पर्ने र त्यहा नेताहरुलाई आपसमा लडाउने खेल मैले चारै तिर हेरे र महसुस गरे सायद यो मेरो गलतफहमि पनि हुन सक्छ । याे मेरो सवतन्त्र बिचार हो । यो म आज किन लेख्दै छु भने हाम्रो देश आज लक डाउन मा छ पुरा बिश्व नै आज करोना महामारीले अक्रान्त बनेको छ । यो अवस्थामा पनि वीरगंज प्रति नेपाल सरकारको हेर्ने दृस्ठि सहि भएन । आज वीरगंजमा मधेसका करिब लाखौं जनता आफ्नो स्वास्थ उपचारको लागि वीरगंज आउने गर्दछ्न् । यत्रो ठुलो महानगरपालिकामा करोना परिक्षण केन्द्र स्थापना नगर्नु दुर्भाग्यपूर्ण रहेको छ । सरकारले एकदम गलत निर्णय गरेको छ।

यसमा सरकारमा रहेका पार्टीका साथीहरु यहाँका सांसद माननिय ज्युहरु र मेयर तपाईहरु तुरुन्त एकदम कडा रूपमा नेपाल सरकार र स्वास्थ मन्त्री संग कुरा गरि वीरगंज र मधेसका जनताहरुको लागि करोना (Covid -19)को परिक्षण केन्द्र  वीरगंजमा स्थापना गर्ने पहल गर्न अनुरोध गर्छु र यो वीरगंजबासी सबैको माग समेत रहेको छ ।

लेखक : मुकेश दुविवेदी, वीरगंज महानगरपालिकाका मेयरका राजनीतिक सल्लाहकार, ठाकुर राम बहुमुखी क्याम्पसका निवर्तमान सभापति र समाजवादी पार्टीका नेता समेत हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...