Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पाेखरियामा ९ बेडकाे क्वारेन्टाइन र ३ बेडकाे आइशाेलेसन तयार

spot_img
spot_img

पाेखरिया । पर्साको पोखरीया नगरपालिकाले ९ बेडको क्वारेनटाईन र ३ वेडकाे आईशाेलेसन तयार भएको जनाएको छ । श्री जिल्ला उच्चांगल रामदेव कलवार उच्च मावि पोखरीयामा ९ बेडको क्वारेन्टाईन निर्माण भईसकेको पोखरिया नगरकी उपप्रमुख सलमा खातुनले बताइन ।

यसैगरी ३ बेडको आईसुलेन्स पोखरीया अस्पतालमा निर्माण भईसकेको पोखरीया अस्पतालले जनाएको छ । बिश्वब्यापी रुपमा महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रकोप बढदै गईरहेकोले पोखरीया नगपालिकाले पूर्व तयारीको रुपमा ९ बेडको क्वारेनटाईन र ३ बेडकाे आईसुलेन्स निमार्ण गरेकाे नगरपालिकाकी उपप्रमुख खातुनले बताईन ।

खातुनका अनुसार लकडाउनका कारण श्रम गरेर खानेहरुका अप्ठयारो प्रति पनि ध्यानआकर्षण भएकोले प्रत्येक वडामा सिमांकृतहरुको समुदायकाे डाटा संकल्न भईरहेको र केही दिनमै राहत सामग्रीहरु बितरण गर्ने बताईन । पोखरीया नगरपालिकाले आपुर्तीका सरसमानका लागी नगरपालिकाबाट गाडीमा निशुल्क तेल हाल्ने, गाडीको पासका लागी पनि पहलकदमी गरेको र ब्यापारीहरुको लागी सुपथ मुल्यको पसल संग पनि समन्वय गराएको बताईन ।

पोखरीया बजारमा कुनै किसिम्मको सरसमानको आपुर्तीमा कमी हुननदिने नगरपालिका प्रतिबद्ध रहेको समेत उनले जनाइन । बाहिरबाट आउनेहरु गाउँमा लुकेर बस्ने गरेकोले स्थानिय र प्रहरीको सक्रियतामा अहिले सम्म २ जनाको स्वास्थ्य परिक्षण गरिएकाे खातुनले वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...