Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

ग्रामिण भेगकाे भिस्वा पनि सुनसान, बजार व्यवस्थित गरिदै

spot_img
spot_img

वीरगंज । लकडाउनकाे आज पांचाै दिन पर्साकाे ग्रामिण भेग पनि सुनसान देखियाे । पर्साकाे ग्रामिण भेगकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वा बजारकाे सबै पसलहरु बन्द रहे ।

विश्वभरी महामारीकाे रुपमा फैलीरहेकाे काेराेना भाइरस संक्रमण राेकथामकाे लागि संघ सरकारले गरेकाे लकडाउनकाे पालना गराउन प्रहरी चाैकी भिस्वाका प्रहरी नायब निरिक्षक (सई) मुक्तिनारायण यादव सक्रिय देखिए । यादव नेतृत्वकाे प्रहरी टाेलीले लकडाउनकाे उलंघन गर्ने सवारी साधन चालकहरु समझाउदै फिर्ता पठाउने गरेकाे हाम्रा सम्वाददाताले वताएका छन् ।

यस भन्दा पहिला पनि सई यादवकाे सक्रियतामा स्थानियहरुले लकडाउनकाे पूर्ण पालना गर्दै आएका छन् । गाउँपालिकाकाले खाद्य सामग्री खरिद बिक्रीकाे लागि विहान ६ बजे देखी ९ बजे सम्म र तरकारी दिउसाे २ देखी सांझ ६ बजेकाे सम्मकाे लागि समय निर्धारण गरेकाे छ ।

साे निर्णय कार्यान्वयनकाे लागि र बजारमा भिडभाड हुन नदिन पनि सई यादव सक्रिय देखिएकाे हाम्रा सम्वाददता आलाेक कुशवाहाले वताए । गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताकाे साथमा सई यादव पनि बजारमा पुगी ३-३ फिटकाे दुरीमा तरकारी खरिद बिक्री गर्न चिनाे लगाएकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...