Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

संक्रमण र भोकमरी रोकथाम गर्न अध्यक्ष जयसवालको उदहारणीय काम

spot_img
spot_img

वीरगंज । बिश्वभरी महामारीकाे रुपमा फैलीरहेकाे काेराेना भाइरस संक्रमण राेकथामकाे लागि पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल अग्रसर देखिएका छन् ।

संक्रमण राेकथामकाे लागि नेपाल सरकारले गरेकाे लकडाउनकाे पहिलाे दिन देखि नै पालिकाकाे वडाहरुमा देखिएका अध्यक्ष जयसवालले भाेलि (आइतबार) देखि गरिब र विपन्न परिवारलाई खाद्यान्न सामग्री वाड्ने भएका छन् । संक्रमण राेकथामकाे लागि सरकारले गरेकाे लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी गरी छाक टार्ने अति गरिब र विपन्न परिवारकाे समस्यालाई मध्यनजर गरी खाद्यान्न सामग्री वाड्न लागिएकाे अध्यक्ष जयसवालले वताए ।

पालिका अन्तर्गतकाे सबै वडाका अति गरिब र विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, आलु र साेवाबिन वाड्न लागिएकाे अध्यक्ष जयसवालले वताए । कालिका टाइम्स संगकाे कुराकानीमा अध्यक्ष जयसवालले लकडाउनमा घर भित्र नै बस्न सबै पालिका बासीलाई आग्रह गर्दै आफु गरिब र विपन्न परिवारकाे घर घरमा नै खाद्य सामग्री लिएर पुग्ने वताए ।

यसकाे लागि अध्यक्ष जयसवालले शुक्रबार एक सुचना गर्दै याे कठिन प्रस्थितीमा गाउँपालिकाकाे स्राेत साधन र जनशक्तिले भ्याए सम्म जनताकाे सुरक्षा र सहायताकाे लागि आफु प्रयासरत रहेकाे वताएका थिए । अध्यक्ष जयसवालले अति गरिब परिवार काेइ नछुटने गरी आफ्नाे घर घडेरी नभएकाे, घर भए पनि अन्य जग्गा नभएकाे, दैनिक ज्यालामा मात्र आश्रित, घरमा कमाउने मान्छे नभएकाे र आफैले हामी भाेकाे छाैं वा खाने कुरा छैन् भन्ने परिवारका दुबै जना छिमेकी संग यकिन निज परिवार आदीकाे नमावली तयार गर्न वडाध्यक्ष र वडा सदस्यहरुलाई आग्रह गरेका थिए ।

उनले यसका साथै गाउँपालिका भित्रका अन्य जनताहरुको लागी सुपथ मुल्यको पसल पनि संचालनमा ल्याउने र सो मार्फत खाद्य सामग्रीकाे होम डिलेभरी सेवा दिने तयारी पनि भै रहेको पनि वताए । लकडाउनमा गाउँपालिका बासीलाई कुनै किशिमकाे अप्ठयाराे नहाेस भने उद्देश्य आवश्यकता अनुसारकाे खाद्य सामग्री हाेम डिलेभरी गर्ने याेजना रहेकाे अध्यक्ष सयसवाले जानकारी गराए ।

यस भन्दा पहिला पनि अध्यक्ष जयसवालकाे सक्रियतामा गाउँपालिकाकाे सबै वडामा लामखुट्टे मार्ने औषधी छर्नुकाे साथै काेराेना भाइरस राेकथामकाे लागि सार्वजिन स्थलहरुमा साबुन पानीको व्यवस्था गरि सकिएकाे छ । यसका साथै काेराेना भाइरस राेकथामकाे लागि अध्यक्ष जयसवाल नेतृत्वकाे टिमले गाउँपालिकामा मास्क तथा सेनिटाइजर वितरण समेत गरिसकेकाे छ ।

लकडाउनमा सबैले आ आफ्नाे घरमा बसिरहेकाे बेला अध्यक्ष जयसवाले आफै पालिकाकाे सबै वडाहरुमा घुुम्दै लेजर थर्मामिटरकाे माध्यमले ज्वराे परिक्षण समेत गर्ने गरेका थिए । अध्यक्ष जयसकाे गाउँपालिका मै संक्रमण राेकथामकाे लागि क्वारेन्टाइन स्थापना गर्ने याेजना रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...