Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भारतमा संक्रमितको संख्या नौ सय नाघ्यो, मृत्यु हुनेको संख्या २०

spot_img
spot_img

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या नौ सय नाघेको छ । शनिबार मात्र भारतमा १५ नयाँ संक्रमित फेला परेका छन् । यसअघि शुक्रबार १६० नयाँ संक्रमित देखिएका थिए । शुक्रबार भारतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १७६ संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा संक्रमितको संख्या १६२ पुगेको छ । अहिलेसम्म भारतको २७ राज्यमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । नेपालसँगको सीमानाका जोडिएका राज्यहरुमध्ये बिहारमा अहिलेसम्म नौ जनामा भाइरसको संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, उत्तराखण्डमा ५ तथा पश्चिम बंगालमा १५ जनामा यो भाइरसको संक्रमण पाइएको छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो राज्यमा यो भाइरस तेस्रो चरणमा प्रवेश गर्ने अवस्थामा रहेकोले तयारी अवस्थामा रहन सबैलाई आग्रह गरेका छन् ।

यो अवस्थामा कुनै विदेश गएर आएका मानिससँगको सम्पर्क बिना नै यो भाइरस पूरै समुदायमा फैलिन सुरु गर्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...