Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

काेभिड १९ काे चुनाैतिलाई अवसरकाे रूपमा रूपान्तरण गराैं : बस्नेत

spot_img
spot_img

हामीले धेरै पहिले नभएतापनि कम्तिमा WHO ले COVID -19 लाइ महामारी घाेषणा गरिसकेपछि नेपालका सबै सीमानाका लक गर्नुपर्थ्याे । त्याे गर्न सकेनाैं , त्यही भएर काेराेना संक्रमण भएका विश्वका धेरै देशहरूमा छरिएका नेपालीहरू हतार हतार नेपाल फर्केिए । उनीहरूमध्ये कति संक्रमित थिए, कतिलाइ संक्रमण फैलाए, फैलाइरहेका छन् र फैलाउन सक्नेछन, त्यसकाे व्यवस्थापन अहिलेकाे प्रमुख प्राथमिकताकाे विषय हुनुपर्दछ ।

अहिलेकै व्यवस्था जारी रहने हाे भने COVID -19 ले कति मानिस मर्दछन भन्ने पूर्वानुमान गर्न त सकिदैन तर यति पूर्वानुमान चाहिं अवश्य गर्न सकिन्छ ः COVID -19 ले भन्दा बढी मानिसहरू भाेकमरीले मर्नेछन । तसर्थ अझै धेरै ढिला भैसकेकाे छैन । यस्ताे अवस्था अाउन नदिन तत्कालै यति चाँही गर्नै पर्दछ भन्ने लाग्दछ ।

१. पछिल्लाे समय संक्रमण फैलिएका विश्वका धेरै देशहरूबाट नेपाल भित्रिएका काेराेना पाेजिटिभ वा शंकास्पद व्यक्तिहरू विस्तारै देखापर्दै जाने भएकाेले अात्तिहाल्न जरूरी छैन । तिनीहरूबाट संक्रमण अरूमा फैलन नदिन उच्च सतर्कता अपनाअाैं, व्यापक जनचेतना विकास गराैं, संक्रमित व्यक्तिहरूकाे उपचार गर्न Personal Protective Equipment लगायत अाधारभूत सामागी र उपकरण सहितका अाधारभूत पूर्वाधार तयार गराैं ।

२.काेराेना भाइरस नियन्त्रणमा नअाएसम्म विदेशीभूमिबाट मानिसहरूलाइ नेपाल प्रवेशमा पूर्ण रूपमा राेकलगाउअाैं । नेपालभित्र रहेका अाफन्तहरूले पनि अाफ्ना अाफन्तहरूलाइ नेपाल बाेलाउनु भन्दा अाफन्तहरू विश्वकाे जुन कुनामा रहेका छन् साेही ठाउँमा सुरक्षित रहन अनुराेध गराैं ।

३. नेपाल भित्रिने मालसामानहरूलाइ सीमा नाकामा disinfect गरेर मात्र नेपाल नेपाल प्रवेश गर्ने प्रवन्ध गराैं ।

४. हालसालै नेपाल फर्किएका मानिसहरू संक्रमणकाे उच्च जाेखिममा रहेकाले केहि समयसम्मम ती मानिसहरू र तिनकाे सम्पर्कमा अाएका अन्य मानिसहरूलाइ खाेजी गरी क्वारेन्टाइनमा राखाैं । सम्वन्धित व्यक्ति वा निजका परिवार इमान्दार बन्ने हाे भने सरकारी क्वारेन्टाइन भन्दा हाेम क्वारेन्टाइन उपयुक्त हुन सक्छ ।

५. अहिले जस्ताे पुरै देशमा लकडाउन घाेषणा जारी राख्नुभन्दा पनि अन्य उपाय खाेज्न जरूरी छ । बरू १४ दिन यता बाहिरीया वा शंकास्पद व्यक्ति नअाएका गाउँ र क्षेत्र (territory) लाइ अाजै र अरूलाइ क्रमशः काेराेना मुक्त क्षेत्र घाेषणा गरी उत्पादनशील काममा लागाैं ।

६. उन्नत प्रविधि , ज्ञान र सीपकाे उच्चतम उपयाेग गरी बाँझाे रहेका खेतवारीहरूमा डलर फलाउँ ।कृषिमा उत्पादन र उत्पादकत्व बढाइ हरितक्रान्ति गराैं ।

७. यस्ताे बेला उद्याेग, कलकारखाना बन्द गरेर हाेइन , त्यहाँ काम गर्ने कर्मचारीहरूलाइ Isolate गरी केहि दिनसम्म यदि काेहि संंक्रमित समेत भएका हुन सक्ने कुरालाइ विचार गरी उच्च सतर्कता अपनाउदै उत्पादनका काममा लगाउअाैं ।

१४ दिनसम्म कुनै लक्षण नदेखिए काेराेना मुक्त उद्याेग, प्रतिष्ठान घाेषणा गरी सबै कामदारहरूलाइ उक्त उद्याेग, प्रतिष्ठानभित्रै वा नजिककाे सुरक्षित स्थानमा बस्ने व्यवस्था गरी थप incentive समेत दिइ बाहिर निस्कन नदिइ अधिक समय उत्पादनका काममा लगाअाैं । अहिले विश्वका ठुला अर्थतन्त्र भएका देशहरू काेराेनााका कारण थिलाेथिलाे भएकाे अवस्थामा हामीले तुलनात्मक लाभका वस्तुहरू उत्पादन गर्न सके विदेशी मुद्रा अार्जनकाे सूवर्ण अवसर छ । हामीले मास्क, सेनेटाइजर, अाैषधी, सावुन, काेराेनाबाट बच्ने personal Protective Equipment जस्ता सामाहरूमात्र ठूला संख्यामा उत्पादन गरी निर्यात गर्न सकेमा अर्वाैं वैदेशिक मुद्रा अार्जन गर्ने अवसर छ ।

-अरू पनि लेख्न त मन थियाे तर लक डाउनलाइ सफल बनाउन र यसकाे व्यवस्थापन गर्न र यसकाे नाममा हुन सक्ने कृत्रिम अभाव, कालाेबजारी राेकथाम र नियन्त्रण गर्न काममा जुट्नुपर्ने भएकाेले अहिलेलाइ याे भन्दा बढी लेख्न सकिएन । थप सुझाव थप्दै जान यहाँहरूलाइ हार्दिक अनुराेध गर्दछु ।
-काेभिड १९ लाइ चुनाैतिकाे रूपमा हाेइन अवसरकाे रूपमा रूपान्तरण गराैं ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले आफ्नाे फेसबुक वालमा लेख्नु भएकाे बिचार जस्ताकाे त्यस्तै ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...